सल्यान पार्टी कार्यालयमा एमालेको वोर्ड राखियो

सल्यान, २६ फागुन ।
सल्यान पार्टी कार्यालयमा नेकपा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । नेकपा एमाले सल्यानले पुर्ववत कार्यलयमा पुन नेकपा एमालेको वोर्ड राखेको छ । सल्यान सदरमुकाममा रहेको मदन आश्रीत स्मृती भवनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बोर्ड टांगिएको छ ।

माओवादी केन्द्र र एमाले एकिकरण पछि वनेको सयुक्त कार्यलय पनी सोही भवनमा संचालन गरीएको थियो । वोर्ड अनावरण कार्यक्रममा धारणा राख्ने क्रममा कार्यक्रममा एमाले अध्यक्ष गोविन्द पुनले भनेका छन् । सर्वाेच्चको आदेशले अव हामी सवै लाई नेकपा वाट पुन एमालेमै फर्काई दिएको छ, त्यसैले पुर्ववत कमीटीका सवै मित्र हरुलाई संगठन निर्माणमा लाग्नु पर्ने भएकोले संगठन निर्माणमा लाग्न निर्देशन समेत दिएकाछन ।

अध्यक्ष पुनले नेकपा एमाले नै आधिकारिक पार्टी भएकाले बाटो विराएकाहरुलाई फर्कन आग्रह गरेका छन । मन्तव्यको क्रममा उनले जिल्ला पार्टी कार्यालयबाट जिल्ला पार्टी कार्यालयको निर्णय पुस्तिका चोरी भएको पत्रकारहरुलाई जानकारी पनि गराएका छन् । कार्यक्रममा नेकपा एमालेको अध्यक्ष गोविन्द पुन उपाध्यक्ष भिम वहादुर सेन उपसचिव दान वहादुर केसी पूर्व अध्यक्ष लोक वहादुर डाँगी, जिल्ला कमिटीका अन्य सदस्य तथा पार्टीका अन्य नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सल्यान पार्टी कार्यालयमा एमालेको वोर्ड राखियो

YUGAAWHAN NATIONAL DAILY (2077-11-26)

सल्यान पार्टी कार्यालयमा एमालेको वोर्ड राखियो

प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीलाई भर्ना लिन माग

Leave a comment

Your email address will not be published. Required fields are marked *