कर्णाली राजमार्गमा माईक्रोबस दुर्घटना १ को मृत्यु १० घाईते

सुर्खेत, २७ फागुन ।
विहिबार कर्णाली राजमार्गमा माईक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका–१ टुईकुनामा माईक्रोबस दुर्घटना भएको हो । कालिकोट देखी सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटनामा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका घर भएका ३७ वर्षीय जीतेन्द्रबहादुर शाहीको घटानस्थलमै मृत्यु भएको प्रहरी चौकी पाल्तडाले जनाएको छ । दुर्घटना परी घाईते भएका १० जना मध्ये ७ जना बिरामीलाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको छ । बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्री सवार थिए । घाईतेको उद्धार भईरहेको छ । विहान ११ बजे बस दुर्घटना भएको थियो ।






