आजदेखि कर्णाली उत्सव

सुर्खेत, २६ फागुन । सुर्खेतमा आज (बुधबार) देखि कर्णाली उत्सवको दोस्रो संस्करण हुने भएको छ । उत्सव दिउँसो २ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने छन् । उत्सवको पहिलो दिन ‘हाम्मो मान्नवी’, दोस्रो दिन ‘सुर्के थैली’, तेस्रो दिन ‘कैथा नेता, कैथो नेतृत्व’को मुल शीर्षकमा रहेर 
बहस गरिने छ । बहसमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसमेत वक्ताका रुपमा सहभागी हुनेछन् । ‘कैथा नेता कैथा नेतृत्व’ मूल शीर्षकअन्तर्गत ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश नं २ का मुख्यमन्त्री राउतले बहस गर्नेछन् । कैथा नेता कैथो नेतृत्व’ मूल शीर्षकमा ‘पश्चिममा प्रशासकः पश्चिमका प्रशासक, सरकारी गैरसरकारी, लोकतन्त्रको लयलगायत छन् । सुर्के थैली मूल
शीर्षकमा कर्णाली घुमाउँटो पड्यो’ सत्रमा योजनाविद् डा.दिनेशचन्द्र देवकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेल, डा.रेणुराज अधिकारी र प्रदेश योजना आयोगका सदस्य योगन्द्र शाहीले बहस गर्दैछन् । ‘हाम्रो मान्नमी’ मूल शीर्षकअन्तर्गत छाउ र भाउ सत्रमा लेखक राधा पौडेल, राजनीतिकर्मी डा.विन्दा पाण्डे, प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा.नवराज केसीले बहस गर्नेछन् ।
कर्णालीको सम्भावनाहरुको खोजी र कर्णालीवासीको जीवनशैली, सीप, क्षमता र कला संस्कृतिको चर्चा गरिने छ । चार दिनसम्म चल्ने उत्सवमा विभिन्न १४ वटा विषय बस्तुमा विचार विमर्श गरिने छ । कर्णालीको भाषा, कला र साहित्यलाई देशभर
चिनाउने उद्देश्यले उत्सव आयोजना गरिएको मुल आयोजक समितिका संयोजक माधव चौलागाईले जानकारी दिए । उत्सवमा झण्डै ३० लाख रकम खच हुने आयोजकले अनुमान गरेको छ ।






