डेढ वर्षदेखि पर्यटकीय होटल बन्द

हुम्ला, २६ फागुन ।

मानसरोवर कैलाशको कारण फस्टाउने क्रममा रहेको हुम्लाका पर्यटकीय होटेलहरु डेढ वर्षदेखि बन्द रहदै आएका छन् । पहिलो छ महिना हिमपातले बन्द रहेका होटेलहरु त्यो संगै कोरोना संक्रमणको कारण मानसरोवर कैलाशको सिजन सुरु नभएपछि त्यसयता पनि बन्द रहदै आएका हुन् । गत बैशाख महिनाबाट कोरोना 

संक्रमणको त्रासले बन्द रहेको मानसरोवर कैलाशको धार्मिक यात्रा बन्द रहँदा हुम्लाका पर्यटकीय होटेलहरु डेढ वर्षदेखि बन्द रहदै आएको होटेल संघ हुम्लाका अध्यक्ष मिम बहादुर लामाले जानकारी दिए । होटेल लामो समय बन्द रहदा ब्यबसायी पनि मर्कामा परेका हुन । पर्यटक आगमन सुरु भएको तीन वर्षपछि कोरोना संक्रमण

आएको कारण होटेलमा लगानी गर्नु भएका होटेल ब्यबसायी सबै डुबेका अबस्था रहेको छ । मानसरोवर कैलाशका लागि आउने धार्मिक पर्यटक संख्या बढ्दै जाँदा सिमकोट र हिल्सामा डेढ दर्जन पर्यटकीय होटेल नयाँ निर्माण भई संञ्चालनमा आएका

थिए । अधिकांश होटेल ब्यबसायीले बैंकबाट कर्जा निकालेर होटेल निर्माण गरेको कारण अहिले बैंकको ब्याज तिर्न पनि कठिन भएको होटेल व्यवसायी रिन्जीन लामाले जनाए । २०७६ सालको असोजयता बन्द रहेका होटेलमा लगाएका तालामा खिया लाग्ने अबस्था रहेको सृजना भएको छ । अब ब्यबसाय छोड्ने वा के गर्ने भन्नेमा

ब्यवसायीलाई द्विविधा सृजना भएको छ । होटेल नचल्ने देखिएपछि कतिपय होटेल ब्यवसायी बन्द गरेर अन्य पेशाको खोजीमा समेत लाग्नु भएको छ । केही होटेलले कुरुवा राखेर पर्खेर बस्नु भएको छ भने धेरैले बन्द नै गरिएको छ । पर्यटकीय सिजन सुरु हुँदा तीस देखि डेढ करोडसम्म कमाई गर्ने सिमकोट र हिल्साका होटेल ब्यवसायी हाल हायल कालय अबस्थामा पुगेको छन् ।

डेढ वर्षदेखि पर्यटकीय होटल बन्द

‘एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनु

डेढ वर्षदेखि पर्यटकीय होटल बन्द

आजदेखि कर्णाली उत्सव

Leave a comment

Your email address will not be published. Required fields are marked *