कर्णालीमा हामफालेका चार जनाको शव भेटियो

दैैलेख, २६ फागुन ।

दैलेखमा एकै परिवारका ५ जनाले आत्महत्या गरेका छन् । आठबीस नगरपालिका–३ निमाइलका ३५ वर्षीया सुकी बडुवाल उनका छोरीहरु १५ वर्षीया कल्पना वडुवाल, १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवालले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका हुन् । आत्महत्या गरेका 

मध्येसुक, कल्पना, सरिता र ललितको शब भेटिएको छन् । ७ वर्षे रजनी भने बेपत्ता छन् । घरेलु हिंसा (रक्सी पिएर दैनिक कुटपिट गर्ने) भएका कारण सुकीले तीन छोरी र एक छोरासहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ ।आत्महत्या गर्न बाध्य पारेको आरोपमा आरोपमा सुकीका श्रीमान मानबहादुर

बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । सुकी २३ गते छोराछोरीसहित घरबाट सम्पर्क विहीन भएकी थिइन ।

कर्णालीमा हामफालेका चार जनाको शव भेटियो

पुरानै कार्यालयमा एमाले र माओवादी

कर्णालीमा हामफालेका चार जनाको शव भेटियो

हैैन ! हाम्रा पत्रकारहरु के भा हुन्

Leave a comment

Your email address will not be published. Required fields are marked *