हैैन ! हाम्रा पत्रकारहरु के भा हुन् के ?

हैैन ! हाम्रा पत्रकारहरु के भा हुन् के ? आफ्नो संगठनको पद पनि राजनीतिक दलकै जस्तो इन्चार्ज र सहइन्चार्ज भन्या जस्तो पद राखेर पत्रकारको संगठन बनाउँछन् र पद बाँडछन् । त्यतिमात्रै हो र ? पार्टीयाँ केही हलचल आयो कि सबभन्दा पहिला पत्रकारहरुमै उछाल आउँछ । भन्ने बेलाँ निस्पक्ष पत्रकारिता भन्छन् । तर नेता हरको 
टाङ्गमुन्तिर छिरेर बस्न रमाउँछन् । के साच्चै पत्रकारको यस्तै चरित्रले जनता सुसूचितहोलान् त ? आँफूले समर्थन ग¥या पार्टी र नेताले ग¥या कुरा १६ आना सचमान्ने । तर अर्काको चाँही धज्जि उडाउने यस्तो कुराले पत्रकारको भलो हुने हो कि दल वा नेताको भलो हुने हो ? कमिनिष्ट पार्टीका नेतारु लड्याछन् । दूईतिहाइको
सरकार गिर्नेअबस्थाँ छ । अबको सरकार गि¥यो भने कमिनिष्टहरु कहिल्यै ठाडो उठने अबस्थाँ आउन्न भन्ने जानकारी पत्रकारलाई नि छ । त्यतिमात्रै हो र ? आफ्नो सरकार रहिरहे
आफ्नै हैसियत बढछ भन्ने पनि थाहा छँदैछ । यस्तो बेलाँ मध्यस्थताको रोल खेलेर पार्टी फुटन दिन नहुने कुरा वकालत गरेर पार्टी एक बनाएर लग्नुपर्नेमा आफ्नो मान्छेले ग¥या कुरा ठिक भन्ने अर्कोले ग¥या कुरा सबै बेठिक भनेर होटलाँ अरुलाई मनोरञ्जन
दिएर बस्ने खेलले के साँच्चै पत्रकार र पत्रकारिताको मर्म रहला र ? जनताले फेरि पनि पत्रकारलाई समाजको ऐना भनेर मान्ला र ? यिनका कुरा समाजले पत्याइ रहला ? पार्टी बाँडिदैमा पत्रकारका संगठन बाँडिने यो खेलले समाजलाई असल बाटोमा
डो¥याउँदैन । पत्रकारिताँ राजनीतिकै खुर्पेटो भिरेर राजनीतिकै खुर्पाले रेटने मनसाय राख्ने हो भने पत्रकारिता. किन लाग्ने ? सोझै राजनीतिक पार्टीयाँ लागेर राजनीति गरे भैगो नि ? किन घुमाउरो बाटो हिँडनु प¥यो र ? पत्रकारको नेता हुनका लागि पार्टीले टिकट दिने अवस्था सृजना गर्नाले नेपालको पत्रकारिता दुर्गन्धित हुँदै गैराछ र पत्रकारले पत्रकारको नेता छान्न नपाउने हो र नेताले हस्तक्षेप गर्ने र त्यसलाई रमिता
हेर्ने र ताली पडकाउने प्रवृतिको सत्यानास गर्न नसकेसम्म पत्रकारिता पेशा विश्वासिलो हुनेवाला छैन । त्यसैले पत्रकारितामा भविष्य भएका साथीहरु यो गलत कुराकोविरुद्ध आवाज उठाउनै पर्छ । हैन आज प्रचण्ड र ओलीबाले पार्टी फुटाए तिन्कै पार्टी संगठनाँ बस्याझैँ गरि राजनीतियाँ बाँडिने । भोलि पौडेल र देउवाले पार्टी फुटाउलान् ।
तिनकै पक्षाँ बाँडिएर आँफूलाई बेच्ने हो भने पत्रकारिता हैन । पार्टीमै लागम, जनता झुक्याउने र पत्रकारिताको खोलमा राजनीति गर्दा । न त स्वतन्त्र र निष्पक्ष पत्रकारिता हुन्छ, न त सँधैभरी त्यै नेताको रहिन्छ । पत्रकारितामा युज हुनु समाजका लागि दुर्भाग्य हो । पत्रकार साथिहरुमा चेतना भया ! –वेदषि






