विधुत महसुल नतिर्ने संघको चेतावनी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बारम्बार विधुत आपूर्ति अनियमित भइरहने गर्दा सवै क्षेत्र प्रभावित भएकोले यदि यसको दीर्घकालीन समाधान नगरिए विद्युत महसुल नतिर्ने चेतावनी दिइएको छ ।

सुर्खेत उद्योग बााणिज्य संघले बुधवार एक विज्ञप्ति जारी गरी विद्युत आपूर्ति ठप्प हुनेमा सुर्खेत नेपालकै पहिलो जिल्ला भएको दावी गर्दै विधुत प्राधिकरणको लापरबाहीले गर्दा सुर्खेतबासी आजीत भएको उल्लेख गरेको छ ।

दिनहुँ विद्युत आपूर्ति ठप्प हुने तर प्रदेशका भीआइपीहरुले विद्युत अनियमित समस्या समाधान गर्नेतर्फ कुनै चासो नदिनु विडम्बना भएकोले यसले कोरोना संक्रमणको बेला अक्सिजन उत्पादन अभाव हुँदा विरामीको मृत्यु हुनसक्नेतर्फ सचेत गराइएको छ ।

अव उप्रान्त विद्युतको आपूर्तिको समस्याको दीर्घकालीन समाधान नखोजिए विद्युत महसुल नतिर्ने, विद्युत प्राधिकरण घेराउने गर्ने लगायतका संघर्षका कार्यक्रमहरु गरिने चेतावनी संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विधुत महसुल नतिर्ने संघको चेतावनी

पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

विधुत महसुल नतिर्ने संघको चेतावनी

भारतले सडक बनाउँदा नेपालको बाटो भत्कियो

Leave a comment

Your email address will not be published. Required fields are marked *