सरकार नागरिकको आवाज दवाउने यात्रामा तल्लिन छ : अध्यक्ष शर्मा

सुर्खेत, १७ जेठ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार नागरिकको आवाज दवाउनमा केन्द्रित रहेको बताएकी छन् । वीरेन्द्रनगरमा शनिबारदेखि जारी कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण अन्तर्गत आइतबार आयोजित ‘आवाज बिहिनहरुका आवाज’ सत्रमा बोल्दै शर्माले मिडियामाथि वर्तमान सरकारले अंकुश लगाउने प्रयास जारी राखेको बताइन । जसको उदाहरण सरकारले सरकारी विज्ञापन निजी संचार माध्ययमलाई नदिने गरी गरेको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध रहेको शर्माले बताइन । सरकारका पछिल्ला गतिविधिको महासंघले विरोध गरिरहेको बताउँदै शर्माले नागरिकका आवाज दवाउने यात्राले लोकतन्त्र सुढृड हुन नसक्ने दावी गरिन । उनले भनिन्, ‘कतिपय अवस्थामा कानुन संशोधन गर्नेक्रममा राज्यले पत्रकारलाई दमन गर्ने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खालका गतिविधिहरु अघिल्ला सरकारसँगै अहिलेको सरकारले पनि गरिरहेको छ । त्यसको विरोधमा अहिले पनि हामी आन्दोलनमै छौं ।’ नागरिकको आवाज दवाउने कदम महासंघका लागि कुनै पनि हालतमा मान्य नहुने पनि उनले बताइन ।

सरकार नागरिकको आवाज दवाउने यात्रामा तल्लिन छ : अध्यक्ष शर्मा

विभेदविरुद्ध जुम्लाका छोरीहरूको प्रश्न

सरकार नागरिकको आवाज दवाउने यात्रामा तल्लिन छ : अध्यक्ष शर्मा

हुम्लाका छोरीहरूको आवाज : शिक्षा, स्वास्थ्य र

Leave a comment

Your email address will not be published. Required fields are marked *