घुयँत्राे:”देशभर पार्टी फुट महोत्सवः पालो पुगेपछि राप्रपामा पनि ‘राजकीय गृहयुद्ध’ सुरु”

काँग्रेस र एमाले पाटि भित्र भ`काे भयङ्कर गृहयुद्ध पछि तिनरु मात्रै लडने हाम्ले के आमा दूध खाछैनम् , तिमिभन्दा हामी के कम भनेजस्तरी राप्रपाभित्र नि दङ्गा फसाद चल्या जस्ताे देख्खियाे त हँ । विचरा धवल समशेर छुट्टै पाटि खाेल्छु भनेर पञ्चहरु खेडने दाउमा लाग्याछन भन्ने पाे सुनिदैछ त! ऐलेका अध्यक्ष राजेन्द्र लिङदेनले धवल शमशेरलाई बेस्सरी तेल आउने गरि पेलेर भित्तैमा पुर्याएछि विचरा धवल पनि के गरून् ! अर्का पेलाई खाएर बस्नु भन्दा त राणाछाेराे हुँ आँफै राजाभएर बस्छु नि भनेर अर्को पाटि खाेल्न लाग्याछन भन्ने सम्चार सुनेर त हाेला राप्रपाका पुराना अध्यक्षहरु कमल थापा,पशुपति र प्रकाशचन्द्र लाेहनिहरले धवललाई राेक्न सकिन्छ कि भनेर प्रेश विज्ञप्ति नै जारी गर्दै यै मैनाकाे अन्त्यतिर हुने केन्द्रिय समितिया बैठकले महाधिवेशन मिति ताेकम्ला ऐले याे २/४ दिन नआत्तेउ,बरु सब कुराकाे छिनाे फानाे महाधिवेशन मै गरम्ला हतार नगरम भनेर धवललाई सम्झाउँदै छन। तर, धवलकाे पाईला चालाई हेर्दा उनी राेक्केलान जस्ताे छैन । पुराना अरु पाटि फुटेर लथालिङ्ग भा बेलाँ बरु राप्रपा चाईँ जमेर बस्ने भाे भन्या बेलाँ त्यै पाटिनि फुटने भएछि सद्दे त कुनै पाटिनि नरहने भए गाँठे ! याे सालाँ देशका पुराना पाटिहरुका ग्रहदशा राम्रा रैनछन कि क्या! कसैलाई जेनजी आन्दोलनले सिध्यायाे अनि कसैलाई आफ्नै पाटिका नेताहरकाे पेलाईले सिध्यायाे अनि कसैलाई चुनाबले सिध्यायाे के गर्ने जनताले राेई कराई गर्देर नहुने । चुनाबाँ एक सिटमात्रै जित्देर राप्रपाकाे विउसम्म जाेगाई देका ज्ञानेन्द्र शाहि र उनकाे पाटिकाे हरि विजाेग हुने भएछि । अब राप्रपाका शाहिनि राप्रपा छाेडेर लाखा पाखा लागे भने लिङदेनले के भनेर चित्त बुझाएर बस्ने हुन कुन्नि ? ज्ञानेन्द्रसितै पलाकि समानु पातिककि खुशबु र ज्ञानेन्द्र नि पाटिसाटि हटाव बबाल जब नेताहरलाई नै पाटिकाे मायाँ छैन र पाटिलाई तितरवितर बनाउँछन भने हाम्ले मात्रै राप्रपानै भनेर किन बस्न पर्याछ र ? आखिर हामी नि राजशाहि चाहने अनि बालेन नि राजशाहिनै चाहने पाटिका नेता हुन भने हामीनै राप्रपा` ट रास्वपाँ गै दे के हुन्छ भनेर खुशबु र ज्ञानेन्द्र नै घण्टीयाँ गैदेर दुई तिहाई पुर्याई दे भने भ्याई त गाे त हैन र ! त्यसै त दुई तिहाइ पुर्याएर देशाँ बितण्डा मच्चाउन सक्न पाभा देश एक लाैटि हाम्रै कब्जाँ हुन्थ्याे र पुरनना दलका नेताहरकाे घाँटी अँट्ठ्याउने बाटाे खुल्थ्याे भनेर मेचिदेखि महाकालिसम्मका रास्वपाहरु उर्लि रा बेलाँ अँझ भै नभै घण्टील्यै भन्याजस्ताे भाे भनेत याे देशाँ यिनरकै निरंकुशता त चल्ने हाेला त । कैले लाेकतन्त्र र गणतन्त्रको फाईँफुट्टि लाएर त कैले काँग्रेस कमिनिष्टका नाममा गठबन्धन चलाएर सत्ताँ राईँ दायिँ मच्चायर खाँदैआका पुराना तिन्टा पाटिका खेल खण्डले ३५ /४० बर्ष धकल्दानि जनता शिर ठाडाे हुने काम कैल्यै भएन भने अब याे भख्खर आ घण्टीले त झन जन्ता निम्ति के गर्ला र जनताले के पाउलान ? विश्वास गर्ने ठाम कतै छैन । कैले ब्यवस्था भएन भनेर लडने अनि कैले नेताहुन पाईन भनेर लडने यी नेताहरुकाे हर्कतले देश र जनताकाे उन्नति र प्रगति त् त्यस्तै हाे जनताले बेलाबेलाँ यिनका राजनीतिक हैसियतसम्म देख्न पाउने भए । दुई तिहाईकाे सत्ताँ पुगेर काँग्रेस कमिनिष्टहरुकाे बेहाल बना बेलाँ बाँकि र` काे पञ्चहरकाे पुरानाेदल राप्रपा समेत फुटाएर नेता कार्यकर्ता जति घण्टीयाँ वसार्या रास्वपाले अबका ५ वर्षाँ के के गर्दाे रैछ त्यै हेरेर बस्ने त हाेला हाम्ले ! हामी जनतालागि न काेई फुटेर हर्ष अनि न काेई जुटेर बिस्माथ । याे प्रजातान्त्र भनुन कि लाेकतन्त्र या गणतन्त्र सबै नेताहरले नै लुटि खान ल्याकाे ब्यवस्था हाे । जसले जति सक्छाै लुटि खाउ । जनताले जुनदिन तिमर्लाई सडकाँ लतार्ने हैसियत राख्लान त्यै दिन बल्ल हाम्ले जनता ब्यवस्था आयाे भनम्ला र तिमर्लाई बाईबाई गरम्ला । ऐले चाईँ पाटि फुटाउकि जुटाउ हाम्लाई बाल मतलब छैन ।
” बिरसिक्का”




