रास्वपा प्रथम नगर अधिवेशनबाट लाेकेन्द्र वलि सभापति

दुर्गा विसि

सल्यान ,१७ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी बनगाड कुपिण्डे नगरपालिका सल्यानकाे प्रथम नगर अधिवेशनले लाेकेन्द्र वलिकाे सभापतित्वमा २१ सदस्य नगर कमिटी गठन भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान बनगाड कुपिण्डे नगरपालिकाको प्रथम नगर अधिवेशनले लोकेन्द्र वलीको नेतृत्वमा नयाँ नगर कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित समितिको सभापतिमा लोकेन्द्र वली, उपसभापतिमा जयकृष्ण शर्मा, सचिवमा रामबहादुर खत्री, सहसचिवमा निमबहादुर पुन,कोषाध्यक्षमा कृष्ण कुमारी बुढाक्षेत्री निर्वाचित हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा राधा ढकाल, रामबहादुर विष्ट, कुमार बुढाथोकी, पहलमान पुन, हस्तबहादुर पुन, बलबहादुर राना, मिलन बुढा, मिना साहु, अमर बस्नेत, लक्ष्मण परियार, तारा खड्का, दीपक घर्ती, रेवान्ता बिसी, नरेश परियार, टेकबहादुर रोकाय र बुद्धिकुमारी बस्नेत चयन भएको रास्वपा बनगाड कुपिण्डेले जनाएको छ ।अधिवेशनको सफलताको शुभकामना मन्तव्य दिदै प्रदेश महामन्त्री चन्दले आउदै गरेको स्थानीय चुनावलाई लक्ष्यित गरि कमिटी अघि वढ्न निर्देशन समेत दिनु भएको जनाएको छ ।रास्वापा कर्णाली प्रदेश सभापति मदन खडका प्रदेश शिक्षा विभाग प्रमुख केवल गिरि,टाेपेन्द्र केसि लगाएत्ले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

रास्वपा प्रथम नगर अधिवेशनबाट लाेकेन्द्र वलि सभापति

छाेरीकाे सशक्तीकरणका लागि १० बुँदे घाेषणा पत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *