पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत । सुर्खेतस्थित माया नर्सिङ होमले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका पत्रकार र ड्युटीका खटिएका प्रहरीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुधवार विहान नर्सिङ होमले नेपाल पत्रकार महासंघ सुर्खेत शाखामार्फत पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नर्सिङ होमका संरक्षक एवं प्रदेश अस्पतालका निर्देशक डा‌‍. डम्बर खड्का, नर्सिङ होमका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललाई १० हजार ५०० थान मास्क र २१० थान सेनिटाइजर हस्तान्तरण गरेका छन् ।

महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले अग्रपंक्तिमा खटिएका पत्रकारहरुलाई नर्सिङ होमले प्रदान गरेको स्वास्थ्य सामग्रीले रिपोर्टमा जोखिम न्यूनीकरण गर्न सहज बनाउने विश्वास व्यक्त गरे । उनले पत्रकारहरुलाई गरेको सहयोगप्रति धन्यवाद दिंदै अग्रपंक्तिमा खटिएका पत्रकारहरुको हातहातमा ती सामग्री पु¥याइने प्रतिवद्धता गरे ।

नर्सिङ होमका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले पत्रकारहरु पनि जोखिममा पर्ने हुँदा कोरोना नियन्त्रण तथा रोकथामका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, महासंघ सुर्खेतका उपाध्यक्ष सुदीप पुरी, कोषाध्यक्ष ललित गाहा, प्रेस युनियनका अध्यक्ष ईश्वर खड्का, सचिव मधुवन विसी, प्रेस चौतारीका अध्यक्ष सुर्यप्रकाश कँडेल, प्रेस सेन्टरका अध्यक्ष धर्मराज जिसी, प्रदेश अस्पतालका डा. गणेश थापालगायतको उपस्थिति थियो ।

यसैगरी नर्सिंङ होमले वीरेन्द्रनगरका सडकमा ड्युटीमा खटिएका प्रहरीलाई पनि स्वास्थ्य सामग्री वितरण गरेको छ । नर्सिङ होमका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले मंगलगढी, यरी चोक, बांगेसिमल, एयरपोर्ट चोक, कपासे, सुवाकुना, धुलियाविट, भैरवस्थान, गणेशचोकमा ड्युटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी करिव एक सय बढीलाई मास्क र सेनिटाइजर वितरण गरेका छन् ।

पत्रकार तथा प्रहरीलाई गरी नर्सिङ होमले करिव दुई लाख बढीको सामग्री निःशुल्क प्रदान गरेको छ । यसैवीच महत पत्रकार महासंघले प्राप्त गरेको स्वास्थ्य सामग्री पत्रकार प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरका अध्यक्षहरुलाई वितरण गरेको छ ।

पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कति अनमोल छ मित्रता ?

पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

विधुत महसुल नतिर्ने संघको चेतावनी

Leave a comment

Your email address will not be published. Required fields are marked *