हाब्रे पढ्दै छन् विद्यार्थी

कालिकोट, २४ फागुन ।

लोपोन्मुख अवस्थाको दुर्लभ रातो हाब्रे (पान्डा) संरक्षणका लागि रेडपान्डा नेटवर्कले विभिन्न संघसंस्थासँगको सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ । हाब्रे संरक्षणमा क्रियाशील नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विद्यालयमा अध्ययन– अध्यापन गराउँदै आएको हो । हाब्रे पाइने कालीकोटको

पचालझरना, तिलागुफा, शुभकालिका र महावै गाउँपालिकामा यसको वासस्थान छ । यसको संरक्षणका लागि शुभकालिका गाउँपालिका वडा नम्बर ६ स्थित चन्द्रसूर्य माध्यमिक विद्यालयमा पठनपाठन सुरु गरिएको पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाका जिल्ला प्रतिनिधि दिनेश घलेले जानकारी दिए । उनका

अनुसार सोही विद्यालयको कक्षा ६ र ७ मा यो विषयको पठनपाठन सुरु गरिएको हो । विद्यालय स्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको घलेले जानकारी दिए । हाबे्र पाइने ४ वटै स्थानीय

तहको वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार परिएको पाठ्यक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ । विद्यालयमा वातावरण संरक्षण शिक्षा पढाइ हुँदै आएको छ । कक्षा ६ को पुस्तकमा संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश

गरिएको छ । कक्षा ७ को पुस्तकमा पश्चिमी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानुन, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षक रहेका छन् । ती विद्यालयमा बालक्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि प्रभावकारी नभएपछि स्थानीय स्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको जिल्ला प्रतिनिधि घलेले जानकारी दिए । उनले

भने, ‘पान्डाको संरक्षण यतिले मात्र नहुने देखिएपछि कालीकोटका ४ वटै स्थानिय तहमा एउटा वनमा १ जना हेरालु राखेर काम गरिरहेका छौँ ।’ २०१८ बाट कालीकोटमा लागू भएको यो परियोजनाले हाबे्र पाइने क्षेत्र, यसको संरक्षणका उपायबारे तथ्याक संकलन गरिएको थियो ।

हाब्रे पढ्दै छन् विद्यार्थी

वास्तबमा भा के रैछ कुन्नी ?

हाब्रे पढ्दै छन् विद्यार्थी

कर्णाली शिक्षालय अस्तव्यस्त

Leave a comment

Your email address will not be published. Required fields are marked *