२०८२ बैशाख १७ गते
×

Now Playing

वास्तबमा भा के रैछ कुन्नी ?

हैन ! खानेपानीका कर्मचारीले तलव पाएनन भनेर बजारभरी समाचार भाइरल भैराछ त । वास्तबमा भा के रैछ कुन्नी ? कार्यालयाँ पैसा नभएर तलव खान नपाको त पक्कै हैन होला ? त्याँ पनि ओली प्रचण्डकै लडाइँको खेल त हैन ?  ३÷३ महिनासम्म कर्मचारीले तलव नपाउँदानी त्याँका हाकिमले के हे¥या रैछन् त ? आँफू त हाकिम 

निअदालतले तँ नै हाकिम हुन योग्य मानिस होस्, अरु कोही योग्य छैनन् भनेर बन्या हाकिम हुन । तर पनि तीन महिनासम्म कर्मचारीलाई किन तलव ख्वाएन्छन् कुन्नी ? हाकिमको दायित्व भनेको कार्यालयको अन्य कामसँगै कर्मचारीलाई तलव ख्वाउनु पनि त हो । हाकिमको लडाइँ भन्या त अध्यक्षसित होला । तर कर्मचारिलाई तलव

ख्वाउन नसक्नु भन्या त हाकिमको कमजोरी हैन र ? कता कता कोषाध्यक्षले चेकाँ सिग्नेचर गरेनन् भन्नेनी सुनिँदै छ । तर त्याँका कोषाध्यक्ष भन्या त कसैलाई भनि नबिराउने, कहिल्य कसैसित नरिसाउने, सँधै हाँसिहाँसि बोल्ने, कसैले एक चडकन

हान्यो भनेनी अर्को गाला थाप्ने अर्थात गान्धि आचरणले भरिपूर्ण अर्थात भगवान रामचन्द्रका सच्चाप्रतिमूर्ति । कसैलाई भनि र गरि नबिराउने गौप्राणी कोषाध्यक्ष

रामबहादुर गौतमले हस्ताक्षर नगरेर खानेपानीका कर्मचारीले तलव पाएनन भन्ने कल्ले पत्याउने ? यति सोझो मान्छेबाटनी काम लिन नसकेर कर्मचारी तलवबाट बन्चित हुने हो भने त हाकिम साहेब मान्छेले तपाइँकै कमजोरी हो भन्न सक्छन् । त्यसैले कर्मचारी भनेका त तपाइँकै आडभरोसा र रेखदेखाँ बाँच्ने मान्छे हुन् । तर तपाइँले कर्मचारीको संरक्षण नगरी नेताहरकै पक्षाँ लागि रहनु भो भने त अदालतले बडासानका साथ

तपाइँलाई एकमात्र योग्य कर्मचारी भन्या के अर्थ आयो त ? तपाइँले आफनो योग्यता देखाउने अवसर भन्या यही हो । यस्तो अवस्थाँनी काम गरेर देखाउन सक्नु भएन भने

त नेताहरले त पछिनी हेप्न सक्छन् । यसकारण पनि हाकिम साहेवले तलव खान नदिने नेताहरलाई कन्भिन्स गरेर कर्मचारीको हिताँ काम गर्नुपर्छ । भोली सबै कर्मचारीले हाकिमको साथ छोडेर कर्मचारी एकातिर हाकिम अर्कोतिर भएर रहने अवस्था आयो भने कार्यालयाँ काम होला त ? सबै ठाँ राजनीति मात्रै गरेर के काम होला खै ? खानेपानीको राजनीतिनि बुझि नसक्नु भो । –वेदषि

वास्तबमा भा के रैछ कुन्नी ?

संसद बैठक स्थगित

हाब्रे पढ्दै छन् विद्यार्थी

Leave a comment

Your email address will not be published. Required fields are marked *