प्रदेश प्रमुखले दुर्घटनामा घाइते भएकालाई उद्दार गरे

सुर्खेत, २३ फागुन ।

प्रदेश– २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कनौलीसँग भेटघाट गरी फर्किने क्रममा बाटोमा सडक दुर्घटनामा परेर घाइते भएका चालकलाई उद्दार गरेर अस्पतालसम्म पु¥याएका छन् । उनले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित भेरीगंगा–४ हर्रेमा सवारी दुर्घटनामा परी घाइते भएका 

चालक ४६ वर्षीय शेरबहादुर सिंहलाई उद्दार गरेर कोहलपुर मेडिकल कलेजसम्म पु¥याएका हुन् । शनिबार दिउँसो करिब २ बजे नेपालगञ्जबाट फलफूल बोकेर आउँदै गरेको कर्णाली प्रदेशको ०२५६ नम्बरको मिनिट्रक र बा ५ ख ४२०७ नम्बरको ट्रक आपसमा ठोक्किँदा मिनिट्रक पल्टिएर सिंह घाइते भएका थिए । कर्णाली प्रदेश भ्रमण

सकेर सुदूरपश्चिम प्रदेशको भ्रमणमा जान लागेका प्रदेश प्रमुख अहिराजले दुर्घटनामा परेर घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिक कलेज भर्ना गरेको हुन् । ‘मैले चढ्ने सवारी साधन पनि जनताले तिरेको

करबाट हो । घाइतेको अवस्था हेर्दा अर्को गाडी आउने बेलासम्म ढिला हुने भएकाले आफ्नै गाडीमा राखेर कोहलपुर मेडिक कलेजमा पु¥याएको हुँ,’ उनले भने, ‘यो मानविय धर्म पनि हो । बाटोमा कोही घाइते छटपटाइरहेको देखेपछि मैले आफ्नै गाडीमा राखेर मेडिकलसम्म लगेर उपचारका लागि भर्ना गरेको हुँ ।’

प्रदेश प्रमुखले दुर्घटनामा घाइते भएकालाई उद्दार गरे

दुर्गममा सम्भावित खाद्य संकट टार्न चामल गाउँमै

प्रदेश प्रमुखले दुर्घटनामा घाइते भएकालाई उद्दार गरे

आजदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइदै

Leave a comment

Your email address will not be published. Required fields are marked *