दुर्गममा सम्भावित खाद्य संकट टार्न चामल गाउँमै पुरयाइँदै

सुर्खेत, २३ फागुन ।

कर्णालीमा बर्सेनी खाद्यान्न संकट हुन्छ । विशेषगरी दुर्गमका जिल्लामा यो समस्या छ । स्थानीय उत्पादन काम मात्र हुने र त्यसले वर्षभरी खान नपुग्ने समस्या छ । यही समस्या टार्न योवर्ष ३७ हजारभन्दा बढी क्न्टिल चामल कर्णालीका विभिन्न दुर्गम गाउँहरुमा पु¥याइने भएको छ । चालु आर्थिक बर्षमा सुर्खेतबाट ६ जिल्लामा कुल ३७हजार दुईसय क्विन्टल चामल पु¥याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । खाद्यान्न अभाव टार्न संस्थाले कर्णालीमा 

बर्षेनी करिव ८० हजार क्विन्टल चामल वितरण गर्दै आएको छ । दाङ, नेपालगञ्ज, कैलाली र सुर्खेत लगायतका शाखाहरुबाट चामल ढुवानी गरिदै आएको छ । जसमध्ये चालु आर्थिक वर्षमा प्रादेशिक कार्यालय सुर्खेतबाट ३७ हजार भन्दा बढी क्न्टिल चामल गाउँमा पु¥याउन लागिएको हो । कर्णालीका दश जिल्लामध्ये सल्यान

बाहेकका सबै जिल्लामा संस्थानले बर्षेनी चामल बिक्री वितरण गर्दै आएको छ । योवर्ष खाद्यान्न अभाव टार्न प्रादेशिक कार्यालयले कर्णालीका विभिन्न २८ वटा खाद्यान्नका शाखा तथा वितरण केन्द्रसम्म चामल पु¥याउन सुरु गरेको छ । योवर्ष सुर्खेतबाट हुम्लाका शाखा कार्यालय र सातवटा वितरण केन्द्रसम्म कुल ११ हजार

तीनसय क्विन्टल चामल पु¥याउन थालिएको हो । जसमध्ये शाखा कार्यालय हुम्लामा ६ हजार क्विन्टल हवाइमार्गबाट र एक हजार क्विन्टल स्थलमार्गबाट चामल पु¥याइने छ । हुम्लाकै सर्केगाड र श्रीनगर डिपोमा एक÷एक हजार क्विन्टल, खार्पुनाथ याङ्चुक, छप्रेला र देउली विक्री केन्द्रमा पाँच÷पाँच सय क्विन्टल र तुम्च वालुकुनामा आठसय

क्विन्टल चामल पुग्नेछ । त्यस्तै मुगुमा कुल दश हजार सातसय ५० क्विन्टल चामलमध्ये मुगु शाखा कार्यालयमा चार हजार क्विन्टल, सोरुकोट, श्रीकोट र पुलु डिपोमा एक÷एक हजार क्विन्टल, काले बिक्री केन्द्रमा तीन हजार क्विन्टल र तारापानी बिक्री केन्द्रमा सातसय ५० क्विन्टल चामल पु¥याइने छ । जुम्लामा दुईहजार नौसय क्विन्टल

मध्ये शाखा कार्यालयमा एक हजार नौसय क्विन्टल र धापा डिपोमा एक हजार क्विन्टल चामल पु¥याइने प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । डोल्पामा पु¥याइने सातहजार पाँचसय ५० क्विन्टल चामल मध्ये शाखा कार्यालयमा दुई हजार पाँचसय, काइगाउँ डिपोमा पाँचसय, जुफाल डिपोमा एक हजार पाँचसय र सहतारा डिपोमा

एक हजार दुईसय ५० क्विन्टल चामल पुग्ने छ । कालिकोटमा पुग्ने दुई हजार पाँचसय क्विन्टल चामल मध्ये शाखा कार्यालयमा एकहजार पाँचसय र थिप्रु डिपोमा एक हजार क्विन्टल र दैलेखमा चार हजार क्विन्टल मध्ये शाखा कार्यालयमा एक हजार, ठाँटीकाँध बिक्री केन्द्रमा पाँचसय, चामुण्डा बिक्री केन्द्रमा पाँचसय, बेस्तडा बिक्री केन्द्रमा एक

हजार र नौमुले बिक्री केन्द्रमा एक हजार चामल पु¥याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले जानकारी दिए ।

साढे २० हजार क्विन्टल मौज्जाद
बर्षेनी खाद्यान्न अभाव हुने कर्णालीका विभिन्न बिक्री केन्द्र तथा शाखा कार्यालयमा हालसम्म साढे २० हजार क्विन्टल चामल मौज्जाद राखिएको छ । अघिल्लो आर्थिक बर्षको मौज्जाद र चालु आर्थिक वर्ष ढुवानी भएको चामल गरेर प्रदेशभर कुल २० हजार पाँचसय १२ क्विन्टल चामल मौज्जाद रहेको प्रादेशिक कार्यालय सुर्खेतले

जनाएको छ । तथ्याङ्क अनुसार शाखा कार्यालय हुम्लामा पाँच हजार सातसय २६ क्विन्टल चामल मौज्जाद छ । जसमध्ये पाँच हजार चारसय २६ क्विन्टल चामल चालु आर्थिक वर्षमा हवाइमार्ग र तीन सय क्विन्टल चामल स्थलमार्गबाट ढुवानी गरिएको हो

। त्यस्तै हुम्लाकै सर्केगाड डिपोमा एक हजार क्विन्टल, श्रीनगर डिपोमा सातसय ४० क्विन्टल, छप्रेला बिक्री केन्द्रमा चारसय ९९ क्विन्टल, देउलीमा तीनसय २० क्विन्टल,

खार्पुनाथमा चारसय ३० क्विन्टल र बालुकुना बिक्री केन्द्रमा तीनसय चालिस क्विन्टल चामल मौज्जाद स्टक छ । त्यस्तै शाखा कार्यालय मुगुमा एक हजार ६ सय ११ क्विन्टल, मुगुकै सोरुकोट डिपोमा ९० क्विन्टल, पुलु डिपोमा दुईसय ७० क्विन्टल, श्रीकोटमा आठसय २५ क्विन्टल, कालै विक्री केन्द्रमा एक हजार नौसय ९९ क्विन्टल चामल स्टक छ । त्यस्तै डोल्पाको शाखा कार्यालयमा एक हजार पाँचसय ४० क्विन्टल, जुफाल

बिक्री केन्द्रमा एक हजार चारसय ९९ क्विन्टल, सहतरा बिक्री केन्द्रमा तीनसय ७० क्विन्टल, शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा तीनसय ५० क्विन्टल, डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोमा दुईसय १० क्विन्टल, छार्काताङ्सोङ गाउँपालिकाको केन्द्रमा ढारगाउँमा सातसय १० क्विन्टल र डोल्पाकै थापाथलीमा २७

क्विन्टल चामल मौज्जाद छ । त्यस्तै जुम्ला शाखा कार्यालयमा एकहजार सातसय ६० क्विन्टल र कालिकोटमा शाखा कार्यालयमा नौसय ९२ क्विन्टल चामल मौज्जाद रहेको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्गममा ढुवानी खर्च महँगो
हुम्लामा मोटा चामल प्रतिक्विन्टल पाँच हजार पाँचसय ५० रुपैयाँमा, सानो मसिना चामल ६ हजार दुईसय, जिरा मसिनो आठ हजार दुईसय, मकवानपुर पाँच हजार नौसय र जापानीज चामल चार हजार ६ सय रुपैयाँ प्रतिक्विन्टलका दरले बिक्री हुन्छ ।

त्यस्तै डोल्पामा मोटो चामल चार हजार आठसय, सोना मसिनो पाँच हजार तीनसय, जिरा मसिनो ६ हजार आठसय प्रतिक्विन्टलका दरले बिक्री वितरण हुन्छ तर हुम्लामा ढुवानी खर्च चामलको मुल्यभन्दा दोब्बर पर्ने गरेको छ । हुम्लामा हवाइमार्गबाट

चामल ढुवानी गर्दा प्रतिक्विन्टल दश हजार आठसय रुपैयाँ खर्च हुन्छ । हुम्ला बाहेकका दुर्गम जिल्लामा पनि चामलको ढुवानी खर्च महँगो पर्ने देखिएको छ । यही कारण पनि स्थानीयले महँगामो चामल किन्नुपर्ने बाध्यता छ ।

दुर्गममा सम्भावित खाद्य संकट टार्न चामल गाउँमै पुरयाइँदै

YUGAAWHAN NATIONAL DAILY (2077-11-22)

दुर्गममा सम्भावित खाद्य संकट टार्न चामल गाउँमै पुरयाइँदै

प्रदेश प्रमुखले दुर्घटनामा घाइते भएकालाई उद्दार गरे

Leave a comment

Your email address will not be published. Required fields are marked *