आजदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइदै

सुर्खेत, २३ फागुन ।

( आज (आइतबार) देखि दोस्रो चरणको कोरोना खोप अभियान सुरु हुने भएको छ । खोप अभियानमा सुर्खेतमा आज (२३ गतेदेखि २५ गते) सम्म वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकामा सञ्चालन हुने छ । त्यस्तै २६ गतेदेखि २८ गतेसम्म चौकुने 

गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट र पञ्चपुरी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । अभियान सफल बनाउन सुर्खेतभर ६० वटा खोप केन्द्रहरु निर्धारण गरिएको छन् । जसका लागि दुईसय ५६ वटा स्वास्थ्यकर्मी र ६ सयबढी स्वयंसेवक खटाइनेछ । त्यस्तै अभियानमा चारवटा चिकित्सकको टोलिसमेत परिचालन गरिने

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय प्रमुख चेतननीधि वाग्लले जानकारी दिए । दोस्रो चरणमा कर्णाली प्रदेशभर कुल कुल एकलाख सातहजार ६ सय ६२ जनालाई खोप दिइने छ । जसमध्ये झण्डै एक लाख जेष्ठ नागरिक र बाँकी पहिलो चरणको प्राथमिकतामा परेका तर खोप लिन नपाइका नागरिकलाई खोप दिइने छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार डोल्पामा दुईहजार पाँचसय २४ जना, मुगुमा तीन हजार

आठसय १५ जना, हुम्लामा तीनहजार पाँचसय पाँचजना, जुम्लामा सातहजार पाँचसय ५८ जना र कालिकोटमा नौ हजार पाँचसय आठजनालाईखोप दिने लक्ष्य छ । त्यस्तै दैलेखमा १७ हजार सातसय ३० जना, जाजरकोमा ११ हजार आठसय ३३ जना,

रुकुमपश्चिममा १० हजार एकसय १३ जना, सल्यानमा १६ हजार दुईसय जना र सुर्खेतमा २४ हजार नौसय ७६ जनालाई खोप दिने तयारी गरिएको निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत बशन्तमाण श्रेष्ठले जानकारी दिए । पहिलो चरणको खोप अभियानमा कर्णाली प्रदेशमा २६ हजार नौसय ९० जनाले कोरोना खोप लगाएका थिए ।

आजदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइदै

प्रदेश प्रमुखले दुर्घटनामा घाइते भएकालाई उद्दार गरे

आजदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइदै

‘हामीले पढ्दै स्कुलको भवन पनि बनायौं’

Leave a comment

Your email address will not be published. Required fields are marked *