सुर्खेतमा केम्पो खुकुरी संघ गठन, प्रदेश स्तरीय भेला हुँदै

नन्दु खनाल
सुर्खेत, २२ फागुन ।
सुर्खेतमा नेपाल केम्पो खुकुरी मार्शल आट् सघं गठन भएको छ । शनिबार विरेन्द्रनगरमा आयोजित भेलामा प्रेम चौधरीको अध्यक्षतामा संघ गठन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र रिमाल, उपाध्यक्षमा भिम रावल सचीवमा इश्वर शाही र कोषाध्यक्षमा गोपाल परियारलाई जिम्मेवारी दिईएको छ ।
संघको सदस्यमा प्रतिक शाही, निकिता शाही, निरुता कोइराला, भिम गुरुङ, ईश्वर बिष्ट, प्रतीक शाही (लोकराज) राज बहादुर बुढा र लोकेन्द्र परियार सर्वसम्मतले चयन हुनु भएको छ । कार्यक्रम नेपाल केम्पो खुकुरी मार्शल आट् संघ कर्णाली प्रदेश कमिटी सचिव लालमणी धमालाको अध्यक्षतामा र संघका केन्द्रिय उपाध्यक्ष गोरख शाहीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला खेलकुद कार्यालयका कार्यालय प्रमुख राम वलि, रेफ्री अमर चन्द, चौकुने युवा तथा खेलकुद विकास समितिका सचिव धनिराम धमाला लगाएको उपस्थित रहेको थियो । नेपाल केम्पो खुकुरी मार्शल आट्ले यहि फाल्गुन २८ गते कर्णाली प्रदेश स्तरीय भेला बिरेन्द्रनगरमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । संघले कर्णाली प्रदेश भरी आफ्नो कमिटी बिस्तार गरि खेलकुदको विकासमा लाग्ने लक्ष्य राखेको छ ।







