प्रवासी युवाद्वारा मानवसेवा आश्रम सुर्खेतलाई सहयोग

सुर्खेत, २२ फागुन ।
कर्णाली प्रदेशका विभिन्न ठाउँबाट अध्ययनको सिलसिलमा जापान पुगेका युवाहरुको संगठन कर्णाली प्रेदश समाज जापानले मानवसेवा आश्रम सुर्खेतलाई नगद सहयोग गरेको छ । खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) मानवहरुको सेवा गर्ने उद्देश्यले स्थापित भएको गैर नाफामुलक संस्था मानवसेवा आश्रम कर्णाली प्रदेश शाखा सुर्खेतलाई नगद रकम सहयोग गरिएको हो ।

बुधवार एक कार्यक्रम गरी टोकियोको सिनओकुबोमा कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले फोरेक्स रेमिट जापानका प्रतिनिधि बाबुराम पौडेलमार्फत पठाइएको रकम शुक्रवार मानवसेवा आश्रम सुर्खेतमा एक कार्यक्रम गरी सहयोग रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट कोअर्डिनेटर टिकाराम चपाईले आश्रमका प्रदेश संयोजक सिर्जना ओलीलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ बराबरको नगद चेक सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विशेष अतिथिको रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य उत्तम शर्माकाे समेत उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा आश्रम की संयोजक सृजना ओलीले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै सहयोगापेक्षीहरुको सहयोगमा सबैले हातेमालो गरिदिन अुनरोधसमेत गरिन । कर्णाली प्रदेश समाज जापान स्थापनाको छोटो समयमा सामाजिक कार्यमा अग्रसर बन्दै गएको छ ।

समाजका अध्यक्ष कृष्ण शाहीले दिनदुखीहरुको सेवाकै लागि समाजको स्थापना भएको भन्दै आफूहरुको सानो सहयोगले आश्रममा रहेका सहयोगापेक्षीको उत्थानमा सहयोग पुग्ने उद्देश्यले सहयोग रकम प्रदान गरेको बताउँदै आफूहरुको यो अभियानमा आर्थिक सहयोग गरी साथ दिने सम्पूणमा आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यसरी नै साथ सहयोग पाउने बिश्वास ब्यक्त गरे ।

प्रवासी युवाद्वारा मानवसेवा आश्रम सुर्खेतलाई सहयोग

सुर्खेतमा केम्पो खुकुरी संघ गठन, प्रदेश स्तरीय

प्रवासी युवाद्वारा मानवसेवा आश्रम सुर्खेतलाई सहयोग

स्टेशनरी व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा थापा

Leave a comment

Your email address will not be published. Required fields are marked *