प्रगतिशील व्यासायिक प्यानल सल्यान पश्चिमको घरदैलोमा

दुर्गा विसी
सल्यान, २२ फागुन ।
आगामी फाल्गुन २९ गते हुने उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा उम्मेदवारी दर्ता गरेको प्रगतिशिल ब्यावसायिक प्यानलले सल्यान पश्चिमी क्षेत्रको सल्लिवजारमा मत माग्दै चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । प्रगतिशिल ब्यावसायिक प्यानललाई विजयी वनाउनको लागी उम्मेदवार सहितको टोलीले शनिबार सल्लीवजारमा मत माग्दै घरदैलो अभियान सञ्चालन गरेको छ ।

 चुनाव प्रचारप्रसार मुल समितीका संयोजक विर बहादुर चलाउनेको नेतृत्वमा उम्मेदवारहरुको टोलीले यहाँ स्थित घरदैलो अभियानलाई व्यापकता पारेको छ । जयतपानि, वावियाचौर, ढोरपिपल, वालुवासँग्रहि, धारपानी, सल्लिवजार भ्याएर बेलुकी सुनौली वजार, त्रिवेणीवजार, शंखपिपल र गर्चेवजारमा घरदैलो अभियानका चलाउने भएको जनाएको छ ।

सोही क्रममा उद्योगी ब्यावसायी तथा मतदाताहरु उत्साहित भएको र प्रगतिशिल प्यानल अगाडी बढ्ने प्रतिबद्धता उनीहरुको रहेको जनाएको छ । नेकपा प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल ब्यावसायिक प्यानलबाट अध्यक्ष राजेन्द्र कुमार थापा, वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, सचिवमा बिकास डिसी, कोषाध्यक्षमा अशोक कुमार बोहोरा, त्यसैगरी तीन जना महिला सदस्यहरु छपी वली, हिरा चन्द, बिमला गिरी, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा निरज सिंहको उम्मेदवारी रहेको छ ।

त्यसैगरी अल्पसंख्यक सदस्यमा मोहमद अक्तर राजा, सात जना खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का, सिता केसी, भुवन भट्ट, जयराम सिंह, पल्वीर नेपाली, हरी बहादुर दमाई, इश्वरी प्रसाद गौतम र बस्तुगत सदस्यमा राकेश जैसी उम्मेदवार टोली सल्लिवजारको घरदैलो मत माग्न होमिएको छ । आफ्ना चुनावी एजेन्डासहित व्यापारीहरुलाई आफ्नो पक्षमा मत माग्न अपिलसमेत गरिएको छ ।

प्रगतिशील व्यासायिक प्यानल सल्यान पश्चिमको घरदैलोमा

आगलागीबाट ४० करोड बराबरको क्षति

प्रगतिशील व्यासायिक प्यानल सल्यान पश्चिमको घरदैलोमा

सुर्खेतमा केम्पो खुकुरी संघ गठन, प्रदेश स्तरीय

Leave a comment

Your email address will not be published. Required fields are marked *