कृषि गर्नेलाई २ प्रतिशतमै कर्जा, नगरपालिका र बैंकबीच सम्झौता

अर्घाखाँची २२ फागुन।

सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्नेलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने भएको छ । सहुलित दरमा कर्जा प्रदान गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ ।कृषि पेशा गर्नेलाई विनाधितो कर्जा प्रवाह गरिने 

र यसमा कुनै सेवा शुल्क नलाग्ने, ब्याजदर पनि २ देखि ३ प्रतिशत मात्र रहने सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।सन्धिखर्क नगरपालिकाको ७५ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडको ७५ लाख रुपैयाँ गरी एक करोड ५० लाख रुपैयाँबाट कृषि पेशा गर्ने युवाहरूलाई एक लाखदेखि तीन लाख रुपैयाँसम्म कर्जा दिइने छ ।

कृषि गर्नेलाई २ प्रतिशतमै कर्जा, नगरपालिका र बैंकबीच सम्झौता

दाहाल बने नेकपा संसदीय दलको नेता, ११४

कृषि गर्नेलाई २ प्रतिशतमै कर्जा, नगरपालिका र बैंकबीच सम्झौता

आगलागीबाट ४० करोड बराबरको क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *