दाहाल बने नेकपा संसदीय दलको नेता, ११४ जना सांसद आफ्ना पक्षमा रहेको दाबी

काठमाडौं, फागुन २२।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको उक्त समूहको बैठकले संसदीय दलको नेता 
परिवर्तन गर्दै दाहाललाई नेता चुनेको हो ।बैठकअघि उक्त पक्षले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गर्दै नेकपा संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेको छ । सांसद् सोमप्रसाद पाण्डेका अनुसार ११४ जना सांसदले दाहाललाई नेता बनाउन हस्ताक्षर गरेको छन् ।नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि
सभामा नेकपाका १७३ सांसद रहेका छन् ।संसदीय दलले विप्लव नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीको शान्तिपूर्ण बाटोमा आउने कदमलाई स्वागत समेत गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।






