प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेट, तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल
काठमाडौं २२ फागुन।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बालुवाटारमा दोस्रो भेट भएको छ ।शुक्रबार नवलपरासीबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएका महासचिव ‘विप्लव’ सिधै बालुवाटारमा जानुभएको थियो ।त्यहाँ उहाँले
प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको थियो ।प्रधानमन्त्रीसँगको भेटपछि पार्टीका साथीहरुसँग आन्तरिक छलफल गरेका विप्लवले पुनः प्रधानमन्त्रीसँग भेट गर्नुभएको वार्ताटोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले जानकारी दिनुभयो ।प्रधानमन्त्री ओली र महासचिव विप्लव एकैपटक राष्ट्रिय सभागृहमा प्रवेश गर्नुभएको छ ।