मेक्सिकोलाई हराउँदै अमेरिकाले जित्यो कन्काकाफको उपाधि

काठमाडौं : कन्काकाफ फुटबलको उपाधि अमेरिकाले जितेको छ। अमेरिकाको नेभादास्थित एलिजेन्ट रंगशालामा केहीबेर अघि सकिएको खेलमा अमेरिकाले मेक्सिकोलाई १–०ले हराएको हो।

खेलमा निर्धारित समयसम्म कुनै पनि टोलीले गोल हुन नसकेपछि आधा घण्टा थप गरिएको छ। खेलको १ सय १८ औं मिनेटमा अमेरिकाका लागि माइल्स रोविन्सनले गरेको गोल नै निर्णायक बन्यो। खेलमा मेक्सिकोले अमेरिकामाथि दबाब बनाएर खेले पनि गोल गर्न सकेन।

मध्य अमेरिकी, उत्तर अमेरिकी तथा क्यारेबियन देशहरुको ठूलो फुटबल प्रतियोगिताका रुपमा कन्काकाफ गोल्डकप आयोजना हुने गरेको छ। कन्काकाफको सेमिफाइनलमा अमेरिकाले कतारलाई १–० गोलले पराजित गरेको थियो।

कतार एसियन फुटबल कन्फेरेडेसन र कन्काकाफको खेल प्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत कन्काकाफ गोल्डकपमा सहभागी भएको थियो। त्यस्तै मेक्सिकोले सेमिफाइनलमा क्यानडालाई २–१ गोलले पराजित गरेको थियो।

मेक्सिकोलाई हराउँदै अमेरिकाले जित्यो कन्काकाफको उपाधि

ओलम्पिक टेनिसको स्वर्ण ज्वेरेभलाई

मेक्सिकोलाई हराउँदै अमेरिकाले जित्यो कन्काकाफको उपाधि

एन्फा प्रवक्ता राईले दिए राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *