ओलम्पिक टेनिसको स्वर्ण ज्वेरेभलाई

काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत टेनिसको पुरुष एकल तर्फको स्वर्ण जर्मनीका अलेक्जान्डर ज्वेरभले जितेका छन्। सेमिफाइनलमा ज्वेरभले नोभाक जोकोभिचलाई हराउन सनसनीपूर्ण प्रदर्शन गरेका थिए।

आइतबार पनि आफ्नो राम्रो प्रदर्शन कायम राखेका ज्वेरभले स्वर्ण भीडन्तमा रूसी खेलाडी कारन खाचानोभलाई सोझो सेटमा पराजित गरेका हुन्‌। विश्व वरियतामा पाँचौ स्थानमा रहेका ज्वेरभ ओलम्पिकमा पुरुष टेनिसको स्वर्ण जित्ने पहिलो जर्मन खेलाडीसमेत बने।

करियरकै सबैभन्दा ठूलो उपाधि जित्ने क्रममा उनले खाचानोभलाई ६-३ र ६-१ को सेटमा पराजित गरे। उनले उपाधि जितेपछि भने, ‘ओलम्पिकको टेनिस फाइनल टेनिस दुनियाँको सबैभन्दा ठूलो प्रतिस्पर्धा हो। अनि ओलम्पिक आफैँमा विश्व खेलकुदको सबैभन्दा ठूलो इभेन्ट हो। यो इभेन्टमा स्वर्ण जित्न पाउँदाको खुसी शब्दमा बयान गर्न गाह्रो छ।’

ज्वरेभ गत वर्ष यूएस ओपनको फाइनल पुगेका थिए । जहाँ उनी डोमोनिक थिमसँग पराजित भएका थिए। ओलम्पिक स्वर्ण हात पार्नुअघि उनका लागि यूएस ओपनको फाइनल पुग्नु नै सबैभन्दा ठूलो उपलब्धि थियो।

जर्मन टेनिसका लागि यसअघि ओलम्पिकमा स्वर्ण जित्ने स्टेफी ग्राफमात्रै हुन्। उनले सन् १९९८ मा महिला एकलतर्फ स्वर्ण जितेकी थिइन् । ग्राफको नाममा ‘गोल्ड स्लाम’ एकै वर्षमा चार ग्रान्डस्लाम र ओलम्पिक स्वर्ण जितेको कीर्तिमान समेत छ।

यो कीर्तिमान बनाउने अभियानमा रहेका जोकोभिच सेमिफाइनलमा ज्वरेभसँग हार्दै प्रतियोगिताबाट बाहिरिएका थिए। उसो त जोकोभिचले तेस्रो स्थानका लागि भएको खेलमा पनि पराजित हुँदै मेडल विहिन रहे।

ओलम्पिक टेनिसको स्वर्ण ज्वेरेभलाई

राष्ट्रिय बीमा कम्पनीले आठौं वार्षिकोत्सव मनाउँदै

ओलम्पिक टेनिसको स्वर्ण ज्वेरेभलाई

मेक्सिकोलाई हराउँदै अमेरिकाले जित्यो कन्काकाफको उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *