राष्ट्रिय बीमा कम्पनीले आठौं वार्षिकोत्सव मनाउँदै

काठमाडौं : राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आज आठौं वार्षिकोत्सव मनाउँदैछ। नेपाल सरकारको लगानीमा २०२४ साल पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो। सोही सालको फागुन ११ गतेदेखि निर्जीवन बीमा ब्यवसायको कारोबार शुरु भएको थियो।

बीमा ऐन २०४९ मा जीवन तथा निर्जीवन बीमा ब्यवसाय एउटै संस्थाले गर्न नपाउने व्यवस्था गरेपछि राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागलाई अलग संस्थाबाट सन्चालन गर्न निर्णय गरेबमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटेडको स्थापना भएको थियो।

त्यसपछि २०७१ साल साउन १८ गतेदेखि कम्पनीले कारोबार शुरु गरेको होे। यो कम्पनी नेपाल सरकारको स्वामित्व रहेको एक मात्रै निर्जीवन बीमा कम्पनी हो ।

वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ को प्रभावबाट देशको अर्थतन्त्रमा पार्न सक्ने प्रभावको जोखिम न्यनीकरण गर्नतर्फ सजग रही गुणस्तरीय, प्रभावकारी सेवा र विश्वसनीय काम गर्न कम्पनीलाई आग्रह गरेका छन्।

लिमिटेडका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारको विकास र विस्तारमा सधैँ प्रयत्नशील रहने प्रतिवद्धता ब्यक्त गरेका छन्

राष्ट्रिय बीमा कम्पनीले आठौं वार्षिकोत्सव मनाउँदै

एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले दिए राजीनामा

राष्ट्रिय बीमा कम्पनीले आठौं वार्षिकोत्सव मनाउँदै

ओलम्पिक टेनिसको स्वर्ण ज्वेरेभलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *