एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले दिए राजीनामा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले पदबाट राजीनामा दिएका छन्।

सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा दिएका हुन्।

सहायक महासचिव अर्यालले २०६६ माघ २६ को साधारणसभाले विधान संसोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहन नैतिक संकट परेकोले पदबाट अलग हुने निर्णय गरेको बताएका छन्।

अर्याल मनोनयनबाट सहायक महासचिव पदमा एन्फाको कार्यसमितिमा आएका थिए। अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घले सहित १७ जनालाई कार्यसमितिमा मनोनित गरेका थिए।

एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले दिए राजीनामा

टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष

एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले दिए राजीनामा

राष्ट्रिय बीमा कम्पनीले आठौं वार्षिकोत्सव मनाउँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *