नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍योे

काठमाडौं, २ असोज ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ । आजका लागि बोलाइएको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टीले जनाएको हो । पार्टीको सचिवालय बैठक पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारी छ ।

सांगठनिक एकताको बाँकी कामसँगै संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठनबारे छलफल गर्ने बैठकका एजेण्डा रहेको बताइएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच भाद्र २६ गते पारित स्थायी समिति बैठकको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा बैठक बस्न लागेको हो ।

नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍योे

नयाँ शक्तिद्धारा डा. केसीका माग सम्बोधन गर्न

नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍योे

जनकपुर आइपुग्यो नेपाली रेल

Leave a comment

Your email address will not be published. Required fields are marked *