जनकपुर आइपुग्यो नेपाली रेल

काठमाडौं, २ असोज ।

लामो समयको प्रतिक्षापछि जनकपुरमा रेल आइपुगेको छ। कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन जनकपुर ल्याइएको हो।

नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ ।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चा थियो । तर, रेल नेपाल वा भारत कुन देशले किन्ने भन्ने अन्योलताले तोकिएको समयमा रेल्वे सञ्चालन हुन सकेको थिएन।
अन्नपुर्ण पोष्टबाट साभार

जनकपुर आइपुग्यो नेपाली रेल

नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍योे

जनकपुर आइपुग्यो नेपाली रेल

क्यान कार्यसमितिको बैठक असोज ५ र ६

Leave a comment

Your email address will not be published. Required fields are marked *