नयाँ शक्तिद्धारा डा. केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सुर्खेत, २ असोज ।

नयाँ शक्ति पार्टी कर्णाली प्रदेश समितिले डा. गोविन्द केसीको अनशनका विषयमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । नयाँ शक्तिका तर्फबाट कर्ण बहादुर बुढाले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्रमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री गैरजिम्मेवार रहेको उल्लेख्य छ । नयाँ शक्तिले १० वर्ष जनयुद्ध बाट आएका मुख्यमन्त्रीले कर्णाली प्रदेशका जनताको गुणस्तरीय शिक्षा तथा स्वास्थ सेवाको लागि कुनै पहल नगरेको आरोप लगाएका छन् । नयाँ शक्ति कर्णाली प्रदेश समितिले प्रधानमन्त्रीलाई डा. केसीका माग पूरा गरेर जीवन रक्षा गर्न माग गरेको छ ।

नयाँ शक्तिद्धारा डा. केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍योे

Leave a comment

Your email address will not be published. Required fields are marked *