स्थानीय तहमा न्यायिक पहुँचसम्बन्धी कार्यशाला गोष्ठी

दुर्गा विसी
सल्लीबजार, ३१ भदौं ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा महिला, सिमान्तकृत समुदायका पक्षमा बनेका नितिगत प्राब्धान असर र समस्या पहिचान विषयक नगर स्तरीय विश्लेषणात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम उपस्थिति महानुभावले न्यायको अस्पष्टतासम्बन्धि कुराहरुमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्याधिबक्ता भिमसेन काफ्लेलाई कानुनि झन्झटिलताका विषयमा सोधेका थिए ।

बनगाड कुपिण्डे नगरपालिकाको न्यायिक निरुपणका जटिलता र कानुनी पाटाका विषयमा कार्यक्रमका अध्यक्ष तथा न्यायिक समितिकि संयोजक मञ्जु यरिले आइ परेका कठिनाइका बारेमा अनुभव बताउनु भएको छ । जतिसुकै आएका निवेदनहरु सकेसम्म मिलाउने काम भएको छ । अन्यायमा परेका नागरिकलाई न्यायिक प्रत्याभूति दिने काम भएको उहाँको भनाई थियोे ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनले कुनै समय न्यायमा विचलनता हुने जनाउनुभयो । यो कुरामा कहि न कतै नेपालको कानुनमा केही त्रुटिहरुको र कानूनका व्याख्याताहरुले कानुनलाई आफु अनुकुल न्यायिक निरुपण गर्ने गरेको धारणा राख्नुभएको थियोे ।

ग्रामीण महिला उत्थानका अध्यक्ष सोविता बस्नेतले कार्यक्रमको परिचयका बारेमा प्रष्ट पार्नुभएको थियोे भने सञ्चालन जिल्ला इन्सेका मिना वुढाथोकिले गर्नुभएको थियोे । कार्यक्रम उठेका धारणा कठिनाइका विषयमा जिल्ला न्यायाधिबक्ता काफ्लेले प्रष्टयाउनु भएको थियोे ।

संस्थागत सुधारमार्फत न्यायमा पहुँच अन्तर्गत परियोजना युएईन डपिको सहयोग र साझेदारी दलित सेवा संघ, ग्रामीण महिला उत्थानको साझेदारीमा बनगाड कुपिण्डे नगरपालिका एक दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको थियोे । वडा अध्यक्ष तथा न्यायिक समिति सदस्य शान्त कुमार यरी, नगर स्वास्थ्य शाखा प्रतिनिधि सन्तोशी रावत, महिला तथा बालबालिका शाखाका लक्ष्मी शाही विभिन्न वडाहरुबाट प्रतिनिधित्व गर्ने महिला, सिमान्कृत नागरिकहरुको उपस्थिति रहेको थियोे ।

स्थानीय तहमा न्यायिक पहुँचसम्बन्धी कार्यशाला गोष्ठी

कोरोना जनचेतना बढाउन प्रहरीको माइकिङ अभियान

स्थानीय तहमा न्यायिक पहुँचसम्बन्धी कार्यशाला गोष्ठी

स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी

Leave a comment

Your email address will not be published. Required fields are marked *