कोरोना जनचेतना बढाउन प्रहरीको माइकिङ अभियान
दुर्गा विसी
सल्लीबजार, ३१ भदौं ।
सल्यान पश्चिम क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले कोभिड–१९ बाट बच्न बचाउन जनचेतनामूलक अभियान चलाउँदै आएको छ । ईलाका प्रहरी कार्यालयको गाडीमा विहानैदेखि कोभिडबाट बचन र बचाउने उपाए बारे जनचेतनामूलक सूचना घन्किने गरेको छ ।
सर्वसाधारण नागरिक र सबैमा मास्क लगाउन, खानेकुरा, सरसफाई र सामाजिक दुरी कायम राखी कामकाज गर्न, भिडभाड नगर्न ईलाका प्रहरी कार्यालय सल्लीबजारले अपिल गरेको छ । उक्त अनुरोधलाई पालन गरिदिन ईलाका इन्चार्ज मिन बहादुर खड्काले अनुरोधसमेत गर्नु भएको छ ।
कोरोनाबाट बच्चनको लागि सावधानी अपनाउनु नै उत्तम उपाए भएकोले सबैले उच्च सतर्कता अपनाएर कामकाज गर्न प्रहरीको विशेष आग्रह रहेको छ । सल्यान पश्चिमका विभिन्न क्षेत्रमा प्रहरीले कोरोनासम्बन्धि माइकिङ अभियानलाई बढ्वा दिएको छ । सल्लीबजार पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकोले सबैलाई साबधानी अपनाउन प्रहरीको विशेष आग्रह छ ।