स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा मनोनित

काठमाडौं, १ असोज ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापालाई मनोनयन गरेका छन् । बुधबार मन्त्री ढकालले बोर्डको सदस्यमा मनोनयन गरेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतिले जानकारी दिए ।
उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
मन्त्री ढकालले डा. तिवारीलाई विज्ञ र विमितका तर्फका थापालाई मनोनयन गरेको बताइएको छ । वीरेन्द्रनगर–१२, नेवारे सुर्खेत निवासी डा. तिवारी समाज जागरण केन्द्र (स्याक) नेपालको संस्थापक अध्यक्ष तथा संरक्षक र नेपाल सरकार, प्रदेश सरकारको जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।
स्वास्थ्य बीमा ऐन २०७४ मा सम्बन्धित विषयमा पाँच बर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तिमा दुई जना महिलासहित तीन जना र बिमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने व्यवस्था छ । मनोनियत दुबै सदस्यले बुधबार नै स्वास्थ्यमन्त्री ढकालको उपस्थितमा बोर्डका अध्यक्ष उपे्रतिबाट सपथ लिएका छन् ।






