स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालको सेवा पनि प्रभावित

सुर्खेत, १७ भदौ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणको दर उच्च भएको छ । एक सातामा गरिएको परीक्षणले प्रदेशमा कोरोना संक्रमणको दर उच्च हुन थालेको पुष्टि भएको हो । पछिल्लो समय स्वास्थ्यकर्मीदेखि उच्चपदस्त र सर्वसाधारणमा संक्रमण तीब्र रुपमा फैलिदै गएको छ । अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय र सेवाग्राहीको बढी भीड हुने कार्यालयहरुमा संक्रमण बढी देखिएको हो ।

संक्रमण नदेखिएसम्म परीक्षण गराउन नपाइने भएपछि विरामीको उपचारका खटिने स्वास्थ्यकर्मी पनि दिन प्रतिदिन संक्रमित हुँदै गएका छन् । चिकित्सकसहित स्वास्थ्यकर्मीहरु संक्रमित हुँदा कतिपय अस्पतालले आकस्मिक बाहेका सेवाहरु बन्द गर्नुपर्ने बाध्यता आएको छ । पछिल्लो समय स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि कर्णाली प्रदेशका तीन वटा अस्पतालले आक्समिक बाहेकका सबै सेवाहरु बन्द गरेका छन् ।

कालिकोटको जिल्ला अस्पताल, सल्यान अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेका हुन् । सल्यान जिल्ला अस्पतालमा र प्रतिष्ठानले बुधवारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन् । जिल्ला अस्पतालमा एकजना र प्रतिष्ठानमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा एकैपटक कोरोना संक्रमण भएको थियो । एकैपटक २७ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जनाएका दिए । प्रतिष्ठान र जिल्ला अस्पतालले अर्को सूचना जारी नहुदाँसम्म आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको छन् ।

यस्तै शुक्रबारदेखि जिल्ला अस्पताल कालिकोटले पनि आकस्मिक र प्रसुती सेवाबाहेकका सेवाहरु बन्द गरिएको छ । चारजना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको हो । ‘स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका कटकबहादुर महतले भने, ‘कोरोना देखिएका कारण आकस्मिक र प्रसुती सेवाबाहेक अन्य सेवाहरु प्रभावित भएका छ ।’ यस्तै कर्णालीका तीन वटा स्थानीय तहले पनि कोरोनाकै कारण कार्यालय सील गरेका छन् । कोरोना देखिएपछि सल्यान र दैलेखका केही स्थानीय तहले कार्यालय सील गरेका हुन् ।

सल्यानको त्रिवेणी गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगी, प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुन, छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कासहितलाई कोरोना देखिएपछि दुबै गाउँपालिका एक हप्ताका लागि सील गरिएको छ । त्यस्तै बिहीबारदेखि दैलेखको गुराँस गाउँपालिका सील गरिएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका सील गरिएको हो । जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित असोज २२ गतेसम्म गाउँपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु बन्द गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नन्दराम चौलागाईले जनाए । कुनै बेला कोरोनाको उच्च जोखिममा रहेको दैलेखमा हालसम्म एकहजार एकसय २५ जना संक्रमित भएका छन् ।

६ दिनमा चारसयभन्दा बढी संक्रमित

लकडाउन खुकुलो भएसँगै पछिल्लो समय कर्णालीमा संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो ६ दिनको अवधिमा चारसय २६ जना संक्रमित भएका छन् । असोज १० गतेदेखि १६ गतेसम्म संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार भदौ १० गते ४८ जना, ११ गते ४५ जना, १२ गते ३३ जना र १३ गते ५२ जना संक्रमित थपिएका छन् । त्यस्तै १४ गते ५७ जना, १५ गते एकसय पाँचजना र असोज १६ गते ८६ जना संक्रमित थपिएका हुन् । संक्रमित दिन प्रतिदिन थपिन थालेपछि लक्षण नभएकाहरु होमआइसोलसनमा बस्दै आएका छन् । तर संक्रमणमुक्त हुनेको संख्या भने झण्डै आधा छ । मन्त्रालयको तथ्याङ्क अनुसार ६ दिनको अवधिमा दुईसय ४९ जनामात्रै डिस्चार्ज भएका छन् । जसमध्ये असोज १० गते १५ जना, ११ गते १७ जना, १२ गते १५ जना र १३ गते ६३ जना डिस्चार्ज भएका छन् । त्यस्तै १४ गते ३४ जना, १५ गते एकसय तीन जना र १६ गते दुई जना डिस्चार्ज भएका छन् ।

प्रदेश अस्पतालका ६० जना स्वास्थ्यकर्मी संक्रमित

प्रदेश अस्पताल सुर्खेतमा हालसम्म ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार पछिल्लो समय दिनदिनै स्वास्थ्यकर्मी संक्रमित हुँदै गएका छन् । ‘हालसम्म ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्, परीक्षण ग¥यो कि एक न एक जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आइहाल्छ’ उनले भने, ‘एउटै स्वास्थ्यकर्मीमा दुई÷तीन पटक कोरोना भइसक्यो ।’ संक्रमणको जोखिम बढेपछि अस्पतालले दुईदिनको फरकमा सम्भावित स्वास्थ्यकर्मीको परीक्षण गर्दै आएको छ । परिक्षण गरिएका मध्ये अधिकांशलाई कोरोना देखिने गरेको छ । स्वास्थ्यकर्मीहरु पटकपटक संक्रमित हुँदा सेवा प्रवाहमा चुनौती थपिएको बस्नेतले बताए । ‘बिरामी आए उपचार गर्नै प¥यो, लक्षण नदेखिदासम्म परीक्षण गर्नु पनि भएन’ बस्नेतले भने, ‘स्वास्थ्यकर्मीले विरामीलाई शंका लागेपछि परीक्षण गराउँदा कोरोना देखिन्छ ।’ बिरामीको उपचार गर्दागर्दै स्वास्थ्यकर्मीमा पनि संक्रमण फैलिने गरेको छ । समयमै वैकल्पिक मामदण्ड अस्पतालले नियमित सेवा प्रवाह गर्न समस्या उनको उनको बुझाइ छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हालसम्म चिकित्सक सहित ३१ जनास्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । ठूला अस्पतालमै स्वास्थ्यकर्मीहरु संक्रमित हुँदा बेलाबेलामा अस्पतालले आकस्मिबाहेकका सेवाहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।

एकैदिन ८६ जना संक्रमित थपिए

यस्तै कर्णाली प्रदेशमा शुक्रबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये सुर्खेतका ५३ जना, जुम्लाका सात जना, कालिकोटका चार जना, दैलेखका ६ जना, जाजरकोटका दुई जना र अन्य प्रदेशका १४ जना छन् । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या हालसम्म तीन हजार सात सय २९ जना पुगेको छ । यस्तै शुक्रबार नै कर्णालीका विभिन्न अस्पताल र आइसोलेसनबाट तीन जना डिस्चार्ज भएका छन् । कुल संक्रमित मध्ये हालसम्म तीन हजार ४५ जना डिस्चार्ज भएका छन् । प्रदेशका हाल चारसय ९२ जना सक्रिय संक्रमित छन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात् तीनसय ४८ जना, दैलेखमा १५ जना, हुम्ला र जाजरकोटमा दुई÷दुई जना, सल्यानमा ६६ जना र रुकमुपश्चिममा २१ जना छन् । त्यस्तै जुम्लामा ३६ जना, कालिकोटमा आठ जना, मुगुमा तीन जना र डोल्पामा एक जना संक्रिय संक्रमित छन् । सक्रिय संक्रमित मध्ये दुईसय २३ जना होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

जुम्लामा पुनः निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढेपछि जुम्ला सदरमुकाम खलंगामा पुनः निषेधाज्ञा गरिएको छ । एकैपटक ३६ जनामा कोरोना संक्रमण देखिएपछि सदरमुकामा निषेधाज्ञा लागु गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जसअनुसार चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा छिना लाग्ना सम्मको चार किल्लामा निषेधाज्ञा गरिएको छ । बिहीबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । जुम्लामा हाल ४७ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालको सेवा पनि प्रभावित

सिम्ता वैंसपानीका बैसालुहरु नेकपा प्रवेश

स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालको सेवा पनि प्रभावित

आठबिसकोटको पुल जिर्ण बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *