आठबिसकोटको पुल जिर्ण बन्दै

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, १७ असोज ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडी बजार र वडा ११ को सिमा बजारलाई जोड्ने गिजागाड खोला माथिको झोलुंगे पुल जिर्ण बन्दै छ । उक्त झोलुंगे पुलमा दैनिकी ५० देखि ६० मोटरसाईकल वारपार गर्ने गर्छन र ठुलो मात्रामा मानिसहरु पनि ओहोरो दोहोरो गर्ने कारणले पुल जिर्ण बन्दै गएको स्थानियहरु बताउछन । उक्त पुलमा लगाएको जाली पनि उम्किन थालेको छ । त्यस्तै पुलका लरा फ्ल्यानमा खिया समेत लागेको स्थानीय ओपेन्द्र ओलीले जानकारी दिए । उक्त पुल भएर दैनिकी हजारौको संख्यामा मानिसहरु आवत जावत गर्ने गर्दछन ।

आठबिसकोट नगरपालिका रुकुम पश्चिमकै प्रमुख व्यापारीक केन्द्रको रुपमा परिचित छ । प्रमुख व्यापारिक केन्द्र भएकै कारण ६ वटा वडाका मानिसहरु बढी मात्रामा ओहोरो दोहोरो गर्ने गर्दछन । त्यहि पुल भएर ९ , १० , ११ , १२ , १३ र १४ वडाका मानिसहरु बडी मात्रामा वारपार गर्ने गरेका छन् । सो स्थान नजिकै मोटरे पुल नहुदा मोटरसाईकल जोखिम मोलेरै यात्रा गर्ने गरेको स्थानीय सत्य बटालाले बताए र मानिस र मोटरसाईकल एकै स्थान बाट वारपार गर्दा पुल झन् जिर्ण बन्दै गएको हो । मानिस र मोटरसाईकल एकै स्थानबाट हिर्दा पुल जिर्ण बन्न पुगेको स्थानीयले गुनासो गरेका छन । पुल मर्मत गरेर सहज तरिकाले वारापार गर्न सकिने स्थानीय भक्त बहादुर मल्लले बताए ।

जिर्ण पुल मर्मतमा भने कसैले चासो दिएका छैनन । नगरापालिकाले भने यो बिषयमा अहिले सम्म कुनै पनि छलफल नभएको बताएको छ । अब आउदो बर्षमा छलफल गरि मोटरे पुल निर्मान गरिने नगरप्रमुख गोरख बहादुर के सीले बताए ।

आठबिसकोटको पुल जिर्ण बन्दै

स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालको सेवा पनि

आठबिसकोटको पुल जिर्ण बन्दै

हाम्रो चिङ्गाड एक, पहिचान अनेक

Leave a comment

Your email address will not be published. Required fields are marked *