सिम्ता वैंसपानीका बैसालुहरु नेकपा प्रवेश

दुर्गा विसी
सुर्खेत (सिम्ता), १७ असोज ।
सिम्ता गाउँपालिका सुर्खेतको वैच्पानीमा नेपाली कांग्रेस छाड्ने लहरै चलेको छ । वडा नं. ७ को वैसपानीका युवा, तन्नेरी (बैसालु) हरु नेकपा प्रवेशको लहर चलेको हो । नेकपा सिम्ता गाउँ कमिटी सुर्खेतको आयोजनामा भएको कार्यक्रम धेरैले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बैसपानी आफैमा निकै विकट क्षेत्र मानिन्छ ।

खानेपानी, बत्ती, स्वास्थ र शिक्षाको हिसाबले सिम्ताको अन्य क्षेत्र भन्दा धेरै पछि परेको छ । गाउँपालिका केन्द्रदेखि सडक सञ्जाल जोड्न समेत निकै कठिन छ तर पनि संघ, प्रदेश स्थानीय सरकार सडक र बत्ती पु¥याउने कुरामा जोडबल गरिरहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको भनाई छ ।

आफ्नै पालामा बिकट वस्ति वैच्पानीमा बत्ती र सडक पुरयाउने जनाउनुभयो । बल्ल विकासले गतिलिन थाले पछि उक्त क्षेत्रका नागरिक नेकपा प्रति आकर्षित भएको जनाए । नेपाली कांग्रेस छोड्नेमा वैच्पानी बस्तीका बलवहादुर परियार, खिमसरा अधिकारी, सुशील परियार, दुर्गवहादुर पुन, जयलाल खड्का, लक्ष्मण परियार, कमला विक, दिपक विक, निमा पुन, अनिता पुन, पम्फा पुन, दिपकला परियार, राज पुन, लालबहादुर नेपाली, सुशील परियार, गणेश परियार, मिलन परियार, रमेश परियार, लक्ष्मण परियार, चन्दा परियार, याम कुमारि परियार, दुर्गा नेपाली, गणेश नेपाली रहेको सिम्ता गाउँ कमिटी सचिव झुपवहादुर वुढाले जानकारी दिनुभएको छ ।

कार्यक्रम नेकपा गाउँ कमिटी अध्यक्ष केसी, सचिव वुढा, जिल्ला कमिटी सदस्य गणेश विकले मन्तव्य राख्नुभएको थियोे । वैचपानी टोल कमिटी अध्यक्ष प्रेमी वलीको अध्यक्षतामा भएको कार्यक्रम टोल कमिटी सदस्य उद्य केसीले सञ्चालन गरेको जनाइएको छ । सिम्तामा नेकपामय बनाउने अभियान सुरु भएको सचिव बुढाको भनाई छ । नेपाली कांग्रेसको गढ बैसपानी अबदेखि नेकपामय बनेको छ ।

सिम्ता वैंसपानीका बैसालुहरु नेकपा प्रवेश

एमसिसी पारित बारे

सिम्ता वैंसपानीका बैसालुहरु नेकपा प्रवेश

स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालको सेवा पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *