चौरजहारी नगरकाे ‘एकीकृत सेवा’ प्रभावकारी बन्दै

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ निवासी कोशिला वली धानको बोट नै लिएर नगरपालिकाको कार्यालयमा पुगिन् । सोमबार विहान ११ बजे पुगेकी उनलाई नगरपालिकाको मुल ढोकामै रहेको सोधपुछ कक्षका कर्मचारीले टोकन लिन लगाए । टोकन लिएर उनी नजिकै रहेको एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगिन् । त्यहाँ रहेका कर्मचारीले उनको समस्या सुने । त्यसपछि ३० मिनेटमा काम हुने […]

कर्मचारी अभाव टार्ने प्रदेश सरकारको रणनीति,  एक वर्षभित्र ७० प्रतिशत कर्मचारी भर्ना गरिने

कर्णाली प्रदेशमा अझै पनि दरवन्दी अनुसार ठुलो संख्यामा कर्मचारी अभाव छ । कर्मचारी अभावकै कारण बर्षेनी सरकारको कार्यसम्पादनमा ठुलो असर पर्दै आएको छ । सामान्यतया कर्णालीमा कर्मचारी आउन पनि मान्दैनन् । आएका कर्मचारी पनि धेरै समय बस्दैनन् । प्रदेशका लागि तय भएका दरवन्दीमा ठुलो संख्यामा प्राविधिक जनशक्तिको अभाव छ । जसले कर्णाली सरकारको कार्यसम्पादनमा ठुलो […]

कांग्रेसमा मन्त्रीको टुङ्गो नलाग्दा कर्णाली सरकार गठनमा अन्यौल

कर्णालीमा पहिलो पटक नेकपा एमालेसँग सत्ता साझेदार बन्न लागेको नेपाली कांग्रेसभित्र सरकारमा सहभागी हुने मन्त्रीको टुङ्ग नलाग्दा सरकार गठनमा ढिलाई भएको छ । १७ असारमा संघीय संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारी गर्ने सहमती अनुसार कर्णालीमा पहिलो पटक यी दुई दल मिलेर सरकार चलाउन लागेका छन् । तर, कांग्रेसमा मन्त्रीका […]

एसइईमा सुर्खेतका चार निजि, १७ सामुदायिक विद्यालय निल

चार निजि, १७ सामुदायिक विद्यालयसहित सुर्खेतका २१ वटा विद्यालय एसइइको नतिजामा निल भएका छन् । हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा सबै विद्यार्थी फेल भएपछि विद्यालय निल भएका हुन । यी विद्यालयबाट एसइई परीक्षामा सहभागी चार सय २६ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी नन ग्रेडेड भएका छन् । जसमा १७ सरकारी […]

आधार इलाकामै शक्तिविहिन माओवादी, लामाे समय सत्ताकाे अवसर

प्रदेश सरकार स्थापनाको ६ वर्षपमा पहिलो पटक नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । १७ असारको मध्यरात संघीय संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर जाने सहमति भएसँगै माओवादी केन्द्रदेखि सात वटै प्रदेशका राजकिय पदहरुबाट अलग भएको छ । संघीयता कार्यान्वयनको सुरुवातबाटै कर्णालीको बागडोर सम्हालेको माओवादी निरन्तर सत्ताको पेरीफेरीमा रहँदाको श्रृङ्खला सोमबारबाट […]

मौसमी फेरबदलको चपेटामा किसान : उत्पादन घट्न थालेपछि मर्न थाल्यो जाँगर

पाँच वर्ष अघि सुर्खेतको गुर्भाकोट नगरपालिका–४, का कृषक जितबहादुर ओलीको बारिमा लटरम्म टमाटर फल्थ्यो । दुई वटा प्लाष्टिक टनेलबाट एक सिजनमा २३ क्वीन्टलसम्म टमाटर फलाउँथे ओली । सुरुका तीन÷चार वर्ष टमाटर खेतीबाट राम्रै आम्दानी गरेका ओलीको परिवार कृषि पेशामा आश्रित छ । ‘पाँच वर्ष अघि दुई वटा प्लाष्टिक टनेलबाट मैले एक सिजनमा २३ क्वीन्टल टमाटर […]

भेरी–बबईले चुम्यो ६५.८ प्रतिशत भौतिक प्रगति

राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले ६५.८ प्रतिशत भौतिक प्रगति गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म आयोजनाले वार्षिक लक्ष्यको ९६ प्रतिशत प्रगति हासिल गरी समष्टिगत वार्षिक प्रगति ६५.८ प्रतिशत पुगेको हो । यस वर्ष आयोजना कार्यान्वयनका लागि विनियोजन भएको कुल एक करोड ५६ लाख बजेट मध्ये असार मसान्तसम्म एक […]

पहिला भूकम्पले जोगिए, अहिले पहिरोले लग्यो

१७ कार्तिक २०७९ को मध्यरात जाजरकोट र रुकुमपश्चिममा ठुलो बज्रपात प¥यो । जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रविन्दु भएर गएको घातक कम्पनले दुई जिल्लामा सन्नाटा छाएको थियो । एक सय ५४ जनाको ज्यान लिने गरी गएको भूकम्पले जारकोट र रुकुम पश्चिममा ठुलो मात्रामा मानविय तथा भौतिक संरचनामा क्षति पुग्न गयो । हजारौ घरहरु बस्न नमिल्ने गरी […]

संघीय मन्त्रीपरिषद्मा ओली र देउवाको वर्चस्व रहदा कर्णाली पुछारमा

केन्द्रिकृत मानसिकतामा जहिल्यै हेपिने कर्णालीलाई यस पटक पनि दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले पुछारमा पारेका छन् । अन्य समय कर्णाली राजनीतिको केन्द्रविन्दुमा रहेको जनाउने यी दलले सोमबार गठन भएको मन्त्रीपरिषद्मा कर्णालीलाई पुछारमा पारेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको शपथ लिएसँगै मन्त्रीपरिषद् पनि गठन गरेका छन् । ओलीले २२ […]

कर्णालीको बजेट कार्यान्वयन ७.५५ प्रतिशतले ह्रास 

कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन गत आर्थिक वर्षको तुलनामा ७.५५ प्रतिशतले ह्रास आएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत भएको कुल ३३ अर्ब ४० करोड ६६ हजार रुपैयाँ बराबरको बजेट रहेकोमा प्रदेश सरकारले २४ असारसम्म २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ रुपैयाँ ७५ पैसा अर्थात […]

बहुमतले अस्वीकृत भए प्रचण्ड : कर्णालीमा पहिलो पटक सत्ताको ‘डिबक्स’ बाहिर माओवादी

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बहुमतले अस्वीकृत भएका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले संसदमा पाँचांै पटक राखेको विश्वासको मत बहुमतले अस्वीकृत भएको हो । संसदका दूई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार गठनमा समझदारी गरेसँगै एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोहीकारण प्रचण्डले संसदमा विश्वासको प्रस्ताव पेश […]

चुहिने छानोमा कष्टकर राउटेको बास

बुधबार दिउँसो १ बजेको समयमा दैलेखको गुराँस गाउँपालिका–१ को टिमिले खोलाको किनारमा लोपोन्मुख जातीको रुपमा रहेको राउटे समुदाय बसोबासका लागि अस्थायी टहरा निर्माणमा व्यस्त देखिन्थे । कतिपयले पाल टागेर भित्रको जमिनको सतह मिलाइरहेका थिए, भने कोही भिरालो जमिन सम्याउनमा व्यस्त थिए । केही दिनअघि यहि वडाको अलि तल कर्णाली नदी छेउबाट बस्ती सरेका उनीहरु ओत […]

मुगु छायाँनाथ रारा नगरपालिकामा अधिकांश ठेक्का स्वीकृतिमा जालझेल

बेलाबेलामा धरान उपमहानगर पालिकाका मेयर हर्कराज राईको श्रमधान अभियानको सिको गरेर चर्चा आउने पात्र हुन् मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भाम । भामले बेलाबेलामा वृक्षारोपण, सडक तथा भवन निर्माण लगायत सार्वजनिक सरोकारका क्षेत्रमा श्रम गरेर चर्चा कमाउने गरेका छन् । श्रमदान नगरी समृद्धि सम्भव नहुने भन्दै अभियान चलाएका उनै मेयर भाव नेतृत्वको छायाँनाथ रारा […]