भेरी नगरपालिका : नियमविपरित भुक्तानीदेखि करारका कर्मचारी थुपार्नमै जोडबल

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नुपर्ने व्यवस्था छ । पालिकाले त्यस्तो प्रणाली तयार गरी पालिकाको आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउनु पर्ने हुन्छ । तर, जाजरकोटको भेरी नगरपालिका भने अनावश्यक विषयगत क्षेत्रमा सञ्चालन हुने कार्यक्रममा बैठक भत्ता, भ्रमण भत्ता, तालिम, गोष्ठीतर्फ बढी केन्द्रीत भई वितणमुखीतर्फ उन्मुख […]

पर्यटनको बजेट काटेर पार्टीका भवन, महत्वपूर्ण आवधिक योजना नै अलपत्र

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कार्यजिम्मेवारी भन्दा बाहिर गएर काम गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा मन्त्रालयले पर्यटनको बजेटबाट विभिन्न राजनीतिक दलका प्रतिष्ठानका भवन निर्माण गरेको छ । कर्णाली प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को नियम ४३ बमोजिम कुनै खास व्यक्ति वा वर्गलाई फाइदा हुने गरी सरकारी धन खर्च गर्न नहुने […]

कर्णालीमा पहिलो पटक माओवादी प्रतिपक्षमा

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार महिना अघि नेपाली कांग्रेससँगको सहकार्य तोडे पश्चात प्राय बोलिचालीको भाषामा प्रयोग गरिरहने शब्द हो ‘उथलपुथल’ । ४ मंसिर २०७९ मा सम्पन्न आम निर्वाचनमा कांग्रेसको बुइृ लागेर चुनावमा गएका प्रचण्ड बराबरी कार्यकालको पहिलो प्रधानमन्त्री बन्न चाहन्थे । त्यसबेला विवादको मुख्य विषय पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्ड […]

कर्णालीमा कृषि बालीको उत्पादन ३.५३ प्रतिशतले घट्यो

संघ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि बालीको उत्पादन अभिवृद्धिका लागि कृषि क्षेत्रमा लगानी अभिवृद्धिका साथै विभिन्न किसिमका प्रोत्साहन कार्यक्रमहरु सञ्चालनमा छन् । कर्णाली प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न बर्सेनि कृषि अनुदान वितरण गर्दै आएको छ । सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मन्त्रालय मातहतका निकाय र […]

एसइइकाे नतिजापछी झन् खस्किँदै कर्णालीका सामुदायिक विद्यालयको गुणस्तर

कर्णाली प्रदेश मात्र नभई देशभरका सरकारी लगानीमा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर लयमा नरहेको पाईएको छ । जसको पुष्टि हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले गर्छ । देशभरबाट ६ हजार ६ सय ६५ सामुदायिक विद्यालयका तीन लाख ३१ हजार आठ सय ६७ विद्यार्थी मध्ये ८८.१२ प्रतिशत अर्थात दुई लाख १३ हजार पाँच […]

बराहतालमा सरकारी बजेटको दुरुपयोग, नियम विपरित गाडी भाडामा लाखाै खर्च

बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारी र उपाध्यक्ष लक्ष्मी पुनमगर छुट्टा छुट्टै चार पाङ्ग्रे सवारीमा हुइकिन्छन् । उपाध्यक्ष पुनले प्रयोग गर्ने गाडी अघिल्लो कार्यकालमा खरिद गरिएको थियो भने अध्यक्ष भण्डारीले आफ्नो प्रयोजनका लागि नयाँ स्कारपियो खरिद गरेका थिए । गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्षलाई दुई वटा चार पाङ्ग्रे गाडी, वडाध्यक्ष, वडासचिव तथा शाखा प्रमुखलाई मोटर साइकल सुविधा दिइएको छ […]

दुई हजार मेगावाट विद्युत बोक्न सक्ने कर्णाली करिडोरको निर्माण सुरु

कर्णाली प्रदेशका कर्णाली नदीबाट उत्पादित झण्डै दुई हजार बढी मेगावाट विजुली बोक्न सक्ने क्षमताको कर्णाली करिडोर प्रशारण आयोजनाको शिलान्यास भएको छ । शुक्रबार कर्णाली करिडोर चार सय केभी (फुकोट–बेतन–दोधारा) डबल सर्किट प्रसारण लाइन निर्माणको शिलान्यास ऊर्जा जलस्रोत तथा सिँचाइ विकास मन्त्री शक्तिबहादुर बस्नेतले कैलालीको सुख्खडमा गरेका हुन् । एक सय २५ किलोमिटर लामो रहने आयोजना […]

पालिका जिम्मेवार नबन्दा बिरामीले पाउँदैनन् निःशुल्क औषधी

पूर्वि सुर्खेतका केही पालिकाले स्वास्थ्य संस्थाका लागि नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क अत्यावश्यकिय औषधी तथा स्वास्थ्य सामाग्री समयमै खरिद नगर्दा औषधी अभाव हुने गरेको पाइएको छ । यी पालिकाका स्वास्थ्य संस्थामा गरिएको स्थलगत अनुगमनका क्रममा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाले समयमै औषधी खरिद नगर्दा सरकारले निःशुल्क उपलब्ध गराउने औषधीबाट नागरिक बञ्चित हुनु परेको पाइएको […]

परम्परागत कृषि छाडेर व्यवसायिक भैंसीपालनबाट मनग्य आम्दानी

सुर्खेतमा पछिल्लो समय किसान व्यवसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् । कुनैबेला जीविकोपार्जनका लागि मात्र भैँसी पाल्दै आएका किसान अहिले व्यवसायिक बन्न थालेका हुन् । सामान्यतया भैँसी दूध उत्पादनका लागि पालिन्छ । भँैसीको दूधबाटै मनग्य आम्दानी गर्ने किसानको संख्या पनि धेरै छ । यसको उदाहरण बनिरहेका छन् पूर्वि सुर्खेतका किसान । सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेका किसान […]

दुई दशकदेखि आफ्नै जग्गाको स्वामित्व पाउन सेनासँग लड्दै ४३ परिवार

२७ कात्तिक २०६१ को दिन दैलेखको दुल्लु क्षेत्र र तत्कालिन विद्रोही पक्ष माओवादीका लागि अविस्मरणीय बन्यो । तत्कालिन राज्यपक्ष र विद्रोही माओवादीबीचको १० वर्षे सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो । दुवै पक्षले जसले जहाँ भेट्यो, त्यहीँ गोली ठोक्ने नीति अवलम्बन गरेका थिए । दुवै पक्षबाट त्रसित रहेका स्थानीयले भने सो दिन ठूलो हिम्मत जुटाए । […]

बेथिति र अनियमितताको अखडा बने सुर्खेतका नौ वटै स्थानीय तह

आम नागरिकको नजिकमा रहेर सेवा प्रवाह गर्ने, सेवा सहजता तथा आन्तरिक स्रोत बलियो बनाउन प्रभावकारी स्रोत परिचालनमा आवश्यक नीति नियम बनाउने, प्रदेश र संघ सरकारसँग विकास निर्माणलगायत आर्थिक तथा सामाजिक न्यायको क्षेत्रमा समन्वय गर्ने जिम्मेवारी स्थानीय तहले पाएका छन् । स्थानीय सेवाको व्यवस्थापन स्थानीय तहको महत्वपूर्ण संयन्त्र हो । यसले नीति कार्यान्वयनका साथै नीति निर्माता […]

सरकारी ट्रायल सेन्टर नहुँदा लाइसेन्सका परीक्षार्थीलाई सास्ती

वीरेन्द्रनगर–७ का खगेन्द्र मल्ल केही महिना अघि सवारी चालक अनुमती पत्र (लाइसेन्स) लिन यातायात व्यवस्था कार्यालय सुर्खेत पुगे । दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रका लागि बायोमेट्रिक (व्यक्तिगत विवरण) दिन कार्यालयमा पुगेका मल्लले सबै प्रक्रिया पुरा गरी पाँच सय रुपैयाँ राजश्वसमेत दाखिला गरे । त्यसको केही दिनपछि मल्ल ट्रायल (प्रयोगात्मक परीक्षा) दिन बुद्ध मोटर ड्राभिङ्ग […]

कर्णालीकाे प्रथम पञ्चवर्षिय योजना सकियो, कार्यान्वयन भएनन ठुला आयोजना

कर्णाली प्रदेशको कमजोर भौतिक पूर्वाधार विकासको मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयल को हो । स्थापना भएको ६ वर्षसम्म पनि मन्त्रालयले प्रदेशको भौतिक पूर्वाधारका क्षेत्रमा प्रभावकारी कार्य गर्नुको साटो झिनामसिना काममै अल्झिरहेको छ । कर्णालीमा पूर्वाधार विकास त्यसमा पनि यातायात पूर्वाधारको विकास नगरी कर्णालीको समृद्धि सम्भव छैन । कर्णाली प्रदेश सरकार (कार्य विभाजन) […]