प्रदेश सरकारको उज्यालो कार्यक्रम जहाँको त्यहीँ

कर्णाली प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ जारी ग¥यो । उक्त कार्यविधिमा भनिएको थियो, ‘विद्युतको पहुँच नपुगेका कर्णाली प्रदेशका ग्रामिण बस्तीहरूमा बैकल्पिक विद्युत सेवाको पहुँच पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्न वान्छनीय भएकोले कर्णाली प्रदेश सरकारले यो कार्यविधि बनाएको छ ।’ उतिबेला तीन वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतिकरण गर्ने […]

स्मार्ट सेवा प्रवाहमा कर्णालीका तीन पालिका

गाउँका सिंहदरवारका नामले परिचित स्थानीय तहरुबाट प्रवाह हुने सार्वजनिक सेवा लिन नागरिकलाई झन्झट व्यहोर्नु परेको गुनासाहरु बेलाबेलामा आउने गर्छन । स्थानीय तहहरुमा सार्वजनिक सेवा प्रवाहलाई छिटो, गुणस्तरीय, पहुँचयोग्य, जनसहभागितामूलक तथा निष्पक्ष नहँुदा झन्झट व्यहोर्नु पर्ने बाध्यता रहेको आम नागरिकको गुनासो रहँदै आएको छ । तर, कर्णालीका केही पालिकाले भने सार्वजनिक सेवा प्रवाहमा सुधार गरेको पाइएको […]

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ मा नहुने संकेत, पूर्वाधारको सुनिश्चितता भए मात्रै मिति तोकिनुपर्नेमा जोड

मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलुकद प्रतियोगिता निर्धारित समयमै सुरु नहुने संकेत देखिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा २०७९ जेठ २२ देखि २८ सम्म भएको नवौँ राष्ट्रिय खेलकुद समापन समारोहबाट कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरिएको थियो । सोही घोषणाअनुरुप कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि […]

अनियमित विद्युतले विरक्त कर्णाली, तर बोल्दैनन् नागरिक संस्था

आइतबार बिहानदेखि सिङ्गो कर्णाली प्रदेश नै विद्युतको राष्ट्रिय प्रशारणबाट अलग बन्यो । आइतबार बिहान पाँच बजेबाट अवरुद्ध भएको विद्युत सेवा झण्डै ३६ घण्टा बित्दासमेत नियमित नहुँदा यहाँका नागरिक उकुसमुकुस बन्नपुगे । कोहलपुर–सुर्खेत प्रशारण लाईन अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको बबई क्षेत्रमा रुख ढलेर विद्युत सेवा पूर्णरुपमा अवरुद्ध बनेको सूचना नेपाल विद्युत प्राधिकरण सुर्खेतले जारी गरेको थियो […]

कर्णालीमा घट्दै कुपोषण, राष्ट्रिय लक्ष्य भेट्न भने चुनौती

कर्णालीमा पछिल्लो समय कुपोषणको अवस्था सुध्रँदै गएको पाइएको छ । पाँच वर्षको अवधिमा कुपोषणका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने समस्यामा घटेको पाइएको हो । २०७५ मा ५५ प्रतिशत बालबालिकामा पुड्कोपना रहेकोमा २०८० सम्म आइपुग्दा घटेर ३६ प्रतिशतमा पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाउँछ । […]

कर्णालीको पूर्वाधार निर्देशनालयकै कारण अलपत्र पर्छन ठुला आयोजना

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ (३) ले सार्वजनिक निकायले खरिद पूर्वका तयारी पुरा नगरी निर्माणको कुनै पनि कार्य अगाडि नबढाउनु भन्दछ । उक्त व्यवस्था अनुसार निर्माण स्थलबाट हटाउनुपर्ने रुख विरुवा लगायतका संरचना हटाउने सुनिश्चितता नभई तथा कानून बमोजिम गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नभई बोलपत्र गर्न कानूनत मिल्दैन । तर, कर्णालीको यातायात […]

१० वर्षदेखि कर्णाली राजमार्ग छेउमा अलपत्र छ बाढीपीडितको बस्ती

कर्णाली प्रदेशको सिंहदरवार वीरेन्द्रनगरदेखि नौ किलोमिटरको दुरीमा रहेको गिरिघाट खोलामा विगत एक दशकदेखि एउटा त्रिपालले छाएको बस्ती भेटिन्छ । हावा, पानी, घाम थेक्दा थेक्दै त्रिपाल पनि थाके । तर, त्रिपालको डोरी समाउनेहरु भने अझै थाकेका छैनन् । उमेरले ७० को दशकमा टेकेका रुपलाल कुमाल बराहताल गाउँपालिका वडा नम्बर–८, स्थित गिरीघाटमा देखिन थालेको १० वर्ष पुग्यो […]

बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा वन्यजन्तुको बढ्दो आतंकले विस्थापनको संघारमा वस्तीहरु

भेरीगंगा नगरपालिका–१, माथिल्लो भ¥याङ्ग कि तिलसरा भाटलाई साँझ पर्ने बित्तिकै एउटा पिर थपिन्छ । उमेरले ६० को दशकमा लागेकी भाट पछिल्ला केही बर्ष यता रातमा ढुक्कले सुत्न पाउने अबस्था छैन । १७ किलोमिटर उत्तर दुरीमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तथा दक्षिणतर्फ बर्दिया र बाँके जिल्ला रात परेपछि झमल्ल हुन्छन् । तर प्रदेश मुकामको छेउमै रहेको […]

कर्णालीमा सामुहिक दुर्घटना बीमा, विपद् पीडितले पाए ६ करोड राहत

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ । २०७६ चैतदेखि ७ साउन २०८१ सम्म तीन सय ४४ पीडित परिवारलाई प्रदेश सरकारले सामुहिक बीमावापत ६ करोड ८८ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराएको हो । पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई […]

सन्तोषजनक प्रगतिमा छैनन् कर्णालीका अस्पताल निर्माणका बहुवर्षिय आयोजना

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला अस्पतालका भौतिक पूर्वाधार निर्माण अन्तर्गत अगाडी सारेका बहुवर्षिय आयोजनाहरु तोकिएको समयमा निर्माण सम्पन्न हुन सकेनन् । गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भइसक्नु पर्ने गरी बहुवर्षिय आयोजनाका रुपमा अगाडि सारिएको प्रदेश रंगशाला बाहेक अन्य पूर्वाधारहरुको प्रगति सन्तोषजनक छैन । कुल एक अर्व ५९ करोड बजेट रहेको प्रदेश […]

कार्यान्वयनको तहमै नगई फ्रिज भयो, नमुना विद्यालय निर्माणको १४ करोड बजेट

प्रदेश सरकारले महत्वाकांक्षी योजनाका रूपमा अगाडि सारेको एक जिल्ला, एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण कार्यक्रम कार्यान्वयनमा जान सकेको छैन । सार्वजनिक शिक्षा सुधार सम्बन्धी (एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवम् शिक्षण सिकाइ सुधार र शिक्षकको पेशागत सहयोग) कार्यक्रम विगत तीन आर्थिक वर्षदेखि नीति तथा कार्यक्रम र बजेटमा लगातार समेटिँदै आएको छ […]

सात वर्षमा कर्णालीको नेतृत्वमा चार मुख्यमन्त्री आउँदा ४७ जना बने मन्त्री

कर्णाली प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा चार मुख्यमन्त्री र ४७ जना मन्त्री बनेका छन् । केन्द्रमा भइरहने राजनीतिक फेरबदलको असरले स्थापनाको छोटो समयमै कर्णाली प्रदेश मन्त्री उत्पादनको कारखाना जस्तो बनेको छ । संघीयताको कार्यान्वयनसँगै स्थापना भएका प्रदेश सरकारहरु संघ सरकारबाट स्वायत्त बन्न नसक्दा राजनीतिक स्थिरता कायम हुन सकेको छैन । जसको असर कर्णालीको […]

दुध उत्पादक किसानलाई कर्णाली सरकारको एक करोड २३ हजार प्राेत्साहन रकम

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका दूध उत्पादक किसानलाई प्रोत्साहन वापत झण्डै एक करोड बढी रकम उपलब्ध गराएको छ । दूध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले यस कार्यक्रमलाई अगाडि बढाउँदै आएको छ । साविक कर्णालीका पाँच जिल्लामा प्रति लिटर १० रुपैयाँ र अन्य जिल्लामा पाँच रुपैयाँका दरले ३७ लाख ९१ […]