सामाजिक मन्त्रालयबाट योजनामा जालझेल, बजेटमा चलखेल

हाम्रो समाजमा ‘काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर’ भन्ने उखान निकै प्रचलित छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्राथमिकता र जिम्मेवारी नियाल्ने हो भने यो उखान ठ्याक्कै चरिथार्थ हुन्छ । प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार कर्णाली प्रदेशको शिक्षा, स्वास्थ्य तथा जनसंख्या, सरसफाई, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा, युवा […]

मनसुनबाट कर्णालीका ५० हजार नागरिक प्रभावित हुने आँकलन

कर्णाली प्रदेश सरकारले यस वर्षको मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०८१ तयार पारेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले कार्ययोजना तयार पारेको हो । प्रदेशको विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र संचालन, स्थानीय विपद् कोषमा सहयोग, […]

कार्यान्वयन नहुने बजेटले कसरी सम्भव छ कर्णालीको समृद्धि

कर्णाली प्रदेशको समृद्धिसँग जोडिने विषय हो यहाँको पूर्वाधार विकास । प्रदेशको पूर्वाधार विकास नभईकन यहाँको सामाजिक तथा आर्थिक विकास सम्भव छैन । कर्णालीमा पूर्वाधार विकासका लागि बजेटको अभाव भन्दा पनि भएको विकास बजेट समयमै प्रभावकारी कार्यान्वयको तहमा लैजन नसक्दा वर्षेनी ठुलो अंकमा विकास बजेट फ्रिज हुने अवस्था छ । साना–साना योजनालाई बढी प्राथमिककता दिइनुले पनि […]

कर्णाली सरकारको बजेट ३१ अर्ब : प्राथमिकतामा पूर्वाधार विकास र रोजगारी

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्ताव गरिएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये प्रदेशले खर्च गर्ने चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४.१२ प्रतिशत, पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार अर्थात् ५९.७ […]

रेक्चाका नागरिकलाई खानेपानीको जोहो गर्नै मुस्किल

पानी पनि अड्कलेर पिउनुपर्छ भन्दा धेरैलाई आश्चर्य लाग्ला । तर, यो वास्तविकता हो । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को उत्तरी भागमा पर्छ रेक्चा गाउँ । चुरे पहाडको डाँडामा छ यो गाउँ । समथर भू–भागमा रहेको यो गाउँलाई कृषि उत्पादन र वातावरणीय हिसाबले बसोबासका लागि उपयुक्त मानिन्छ । तर, पिउने पानीको अभावकै कारण बिस्तारै यो गाउँ […]

प्रयोगविहिन मौसमी राडार, विपद् पूर्वको सूचना पाउनै सकस

यस वर्ष नेपालमा सरदरभन्दा तीन दिन अगावै मनसुन (पानी पार्ने प्रणाली) सोमबारबाट प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ । गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर […]

व्यक्तिका झोला भरिए, बास्तविक किसान पहुँचमै पुगेनन्

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक बर्ष २०७४÷०७५ मा कृषि अनुदान वितरण ग¥यो । सरकारको उक्त अनुदानमार्फत कृषि तथा पशुपालनमा व्यवसायिक उत्पादन र उत्पादकत्व बृद्धि गर्ने उद्देश्य थियो । तर, मन्त्रालयले भने बास्तविक किसानलाई नभई व्यक्तिगत फर्म तथा कम्पनीलाई पहँुचका आधारमा अनुदान वितरण ग¥यो । मन्त्रालयले आर्थिक बर्ष २०७४÷०७५ मा विभिन्न नौ […]

डीपीआरमै अल्झियो सुर्खेत मेडिकल कलेज

संघीय सरकारले आफ्नो नीति, कार्यक्रम तथा बजेटमा निरन्तर समावेश गर्ने आयोजना हो सुर्खेत मेडिकल कलेज स्थापनाको योजना । हालै संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा समेत यो आयोजना पुनः दोहोरिएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७३÷०७४ को बजेट बक्तव्यको बुँदा नं. २२४ मा सबै नागरिकलाई शिक्षा र स्वास्थ्यको पहँुचमा पु¥याउन एक प्रदेश […]

उत्पादन र उत्पादकत्व बढाउने आयोजना प्राथमिकतामा

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका हुन् । प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा प्रदेशको […]

विपन्नताको कहरमा कर्णालीका बालबालिका

काठमाडौंका एक व्यक्तिले २८ जना बालबालिकालाई सोमवार वीरेन्द्रनगर ल्याई पु¥याए । ती व्यक्तिसहित सबै बालबालिकालाई प्रहरीले वीरेन्द्रनगरस्थित तिनकुने चोकमा फेला पा¥यो । मध्यरातमा एकै पटक यति ठुलो संख्यामा बालबालिका लैजादै गरेको देखेपछि ति व्यक्ति प्रहरीको निगरानीमा परे । प्रहरीले नाम्गले छिरिङलाई नियन्त्रणमा लियो । प्रहरीले बालबालिकालाई समेत आफ्नो संरक्षणमा लियो । बालबालिकालाई लिएर जाँदै गरेका […]

राउटे समुदाय मानव अस्तित्वबाटै हराउने खतरामा

नेपालमा लोपोन्मुख फिरन्ते जातीका रुपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ला वर्षहरुमा तीव्र गतिमा घट्न थालेको पाईएको छ । राष्ट्रिय मानवअधिकार आयोगले घुमन्ते–फिरन्ते राउटेको मानव अधिकार अवस्थाका विषयमा गरेको अध्ययन प्रतिवेदन–२०८१ ले राउटेको जनसंख्या प्रत्येक बर्ष घट्दै गएको देखाएको छ । आयोगले पछिल्लो ६ वर्षको अवधिमा राउटे समुदायमा गरेको तुलनात्मक अध्ययनमा जन्मदर भन्दा मृत्युदरको संख्या बढी […]

बड्डिचौरका स्थानीयको अवरोधले रोकियो विस्तारको काम

प्रदेश राजधानी वीरेन्द्रनगरका नागरिक केही महिना यता अनियमित बिजुलीका कारण हैरानी व्यहोर्न बाध्य छन् । छिनमै आउने र छिनमै जाने तथा बत्ती आएपनि भोल्टेज कम हुने समस्याले बैशाख–जेठको प्रचण्ड गर्मीको समयमा यहाँका नागरिक वर्षेनि भोल्टेजबाट आजित बनिरहेका छन् । तीन दशक पुरानो प्रशारण लाईनबाट वीरेन्द्रनगरमा प्रवाह हुने विद्युत र उपभोक्ताको संख्याबीच तालमेल नमिल्दा विशेष गरी […]

बजेटमा निरन्तर समावेश हुने, अधिकांश योजनाको प्रगति भने शुन्य

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट संसदमा पेस गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ११ खर्ब ४० खर्ब ६६ करोड विनियोजन गरिएको छ । यस्तै, पुँजीगततर्फ ३ खर्ब […]