पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, कर्णाली प्रदेश स्तरीय कमिटी गठन सम्पन्न।

अर्जुन प्रसाद शर्मा
सुर्खेत, १३ भदौ

“सम्पूर्ण पूर्व सुरक्षाकर्मी एक हौँ, राष्ट्रको सान–मान कायम राखौँ” भन्ने आदर्श वाक्य बोकी “अनेकतामा एकता, एकतामा राष्ट्रियता, राष्ट्र र राष्ट्रियताका लागि पूर्व सुरक्षाकर्मीहरूको सहभागिता” भन्ने मूल नारासहित पूर्व सुरक्षाकर्मी परिषद् नेपाल कर्णाली प्रदेश स्तरीय कमिटी गठन सम्पन्न भएको छ।

सो अवसरमा प्रमुख अतिथि अवकाश प्राप्त उपरथी एवं पूर्व कार्यकारी महानिर्देशक (राष्ट्रिय सेवा दल, नेपाली सेना) श्री सुरेशकुमार कार्की, विशिष्ट अतिथि पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री कवीन्द्रमान श्रेष्ठ र परिषद्का केन्द्रीय अध्यक्ष श्री के.बि राउतज्यू उपस्थित हुनु भएको थियो। कार्यक्रममा प्रदेश कमिटी अध्यक्षमा दिपेनसिंह ठकुरी निर्विरोध निर्वाचित हुनु भएको छ।

२१ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा देवबहादुर बसेल, ममता नगाल, तिथराज पुरी, ओमप्रकाश काफ्ले र जङ्गबहादुर थापा निर्वाचित हुनुभएको छ। त्यस्तै सचिवमा गणेश शाही, सह–सचिवमा अर्जुन शर्मा, कोषाध्यक्षमा सनत कुमार ढकाल निर्विरोध चयन हुनु भएको छ।

त्यस्तै सदस्यहरूमा मोतिलाल शाही, शेरबहादुर ओली, कर्णबहादुर भुसाल, घनश्याम भण्डारी, प्रकाश खड्का, बालकृष्ण रिजाल, हिराबहादुर बिक, कृष्णबहादुर श्रीपाल, कृष्ण खत्री, टिकाराम पुन, तिलक शाही र खड्क शाही निर्वाचित हुनुभएको छ। प्रदेश कमिटी इन्चार्जमा अवकाश प्राप्त प्रमुख सेनानी दान बहादुर खड्का तथा सदस्यमा खगेन्द्रबहादुर गुरुङ र धनबहादुर चुनारा निर्विरोध चयन हुनुभएको छ।

यो परिषद्को विशेषता भनेको यसमा पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, साथै विदेशमा सेवा गरेका भारतीय गोर्खा सेना, बेलायती गोरखा सेना र सिङ्गापुर प्रहरीका पूर्व सुरक्षाकर्मीहरूलाई एउटै छातामुनि समेटी कमिटी गठन गरिएको हो।

पूर्व प्रधानसेनापति श्री रुक्माङ्गत कटुवालको अगुवाइमा २०७७ साल चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भई सञ्चालनमा आएको पूर्व सुरक्षाकर्मी परिषद् नेपाल विशुद्ध गैर–राजनीतिक संस्था हो। यस संस्थाले स्वदेश तथा विदेशमा सेवा समाप्त गरेका सुरक्षाकर्मीलाई एउटै छातामुनि गोलबद्ध गर्दै राष्ट्र र राष्ट्रियताको सुरक्षामा सक्रिय रहँदै सुरक्षाकर्मी तथा उनका आश्रित परिवारहरूको हकहितका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संस्थाले भ्रष्टाचार, अन्याय, अत्याचार र दण्डहीनताको विरोध गर्ने, कुशल नेतृत्वको विकास गर्ने, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा संलग्न हुने, प्राकृतिक संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील रहने लगायतका उद्देश्य लिएको छ। परिषद्को मूल मन्तव्य राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भाषा, भेषभूषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै मातृभूमिको शिर सदैव उच्च राख्ने रहेको बताइएको छ।

पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, कर्णाली प्रदेश स्तरीय कमिटी गठन सम्पन्न।

जुम्लामा करेन्ट लागेर एक जना घाइते

पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, कर्णाली प्रदेश स्तरीय कमिटी गठन सम्पन्न।

गाउँपालिकामा लगाइएकाे ताला: नखुल्दा सेवाप्रवाह प्रभावित

Leave a comment

Your email address will not be published. Required fields are marked *