चुकेनी विद्युतमा एक करोड बढी आम्दानी: झरो, टुकीको सहारामा अँध्यारोसँग जुध्न बाध्यता अन्त्य

गाेल्डेन बुढा
जुम्ला,१३ भदौ।
जुम्लाको चुकेनी विद्युतले आम्दानी गर्न थालेको छ।पातारासी गाउँपालिका-१ गडिगाउँमा अवस्थित चुकेनी विद्युुतले आम्दानी गर्न लागेको हो।कुनै वेला विधुतको अभावमा अन्धकार हुने जुम्ला अहिले उज्यालिएको छ। चुकेनी खोलाबाट स्थानीय स्तरको ९ सय ९८ (एक मेघावाटको) किलोबाटको विधुतले सजिलो भएको छ।चुकेनी संहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाका अनुसार गत जेठ महिनादेखि चैत महिनासम्म १ करोड ५७ लाख ५५ हजार ९ सय २५ रुपैयाँ ४० पैसा आम्दानी भएको छ।भने,वैशाखदेखि असार महिना सम्म ३९ लाख २५ हजार दुई सय ७३ रुपैयाँ २० पैसा आम्दानी भइरहेको छ।चुकेनीकाे बत्ती सदरमुकाम सहित जिल्लाका सहायक बजारहरुमा पुगेको छ । चुकेनीको विधुत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एशियाली विकास वैकको आर्थिक सहयोग स्थानीय, गाउँपालिकाको स्वलगानी, कृषि विकास वैकको ऋण लगानी तथा संयुत राष्ट्र संघिय विकास कार्यक्रम अन्तर्गतको ग्रामिण जिविकोपार्जनका लागी नविकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा सम्पन्न भएपछि पातारासीका लासी, तल्फि, चौर, उर्थु र जुम्ला खलङ्गा क्षेत्रका घरधुरीले गुणस्तरको बिद्युत सेवाबाट लाभान्वित छन् ।यो विधुतमा पातारासी गाउँपालिकाका ३ हजार ३ सय नागरिकको सेयर लगानी छ। बिद्युत सेवा २४ घण्टा पाएकाले बासिन्दाहरु खुसी छन ।उक्त विधुतमा लगानी गर्ने मध्यको वैकल्पिक उर्जा प्रर्वधन केन्द्र ग्रामिण जिविकोपार्जनका लागी नविकरणीय ऊर्जा कार्यक्रमका कलष्टर संयोजक पृथ्वीबहादुर शाहीका अनुसार चुकेनीको विधुतले अहिले जुम्लामा गुणस्तर बत्ती प्रवाह भइरहेको छ।चुकेनीखोला विधुत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको उक्त विधुत आयोजनाको २०८१ साल बैशाख १८ गते नेपाल विधुत प्राधिकरण सँगको सम्झौता पछि जुम्ला बजार क्षेत्रमा १ सय ८० किलोवाटबाट बिद्युत सेवा प्रवाह शुरु गरिएको थियो । हाल बिद्युत सेवा बढ्दै गएर बजार सहित यस क्षेत्रका बिद्यालय, स्वास्थ्यचौकी, होटल ब्यवस्याहरु, स-साना उद्योग व्यवसायहरुका स्टोवरमा भएका बिद्युतिय सामाग्रीहरु पनि सन्चालनमा आएका पाईन्छन् । नयाँ उद्योग तथा ब्यवसायहरु समेत सन्चालन गर्न सजिलो भएको छ ।बैकल्पिक उर्जा केन्द्रका संयोजक शाहीले भने, ´पातारासी क्षेत्रमा डिल्लीचौर र डोल्काटीमा लिप्ट सिँचाई समेत सञ्चालन भईरहेको छन् । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाहका अनुसार जुम्लामा चुकेनीको विधुतले गुणस्तर विधुत नागरिकलाई दिन ठूलो सहयोग गरेको बताए।उनलेे भने, अहिले जुम्लामा वितरण केन्द्रबाट सात हजार पाँच सय छ । चुकेनीको विधुतले जुम्ला सदरमुकाम सहित अन्य क्षेत्रमा पनि उज्लालो बनाएको छ।यस जुम्ला जिल्लामा रहेको कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत २४ घण्टा बिद्युत सेवा प्रर्वाह गर्दा यस प्रतिष्ठान भित्रका बिभिन्न बिद्युतिय सामाग्रीहरु सन्चालनमा आएका छन।उनका अनुसार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको २८ करोड ४४ लाख ३० हजार, स्थानीय नागरिकको सेयर लगानी ३ करोड ४५ लाख, पातारासी गाउँपालिकाको एक करोड, प्रदेश सरकारको एक करोड छ । यसैगरी सहकारीले विधुत निर्माण गर्न कृषि विकास बैंकबाट ६ करोड ऋण लगानी, नेपाल सरकारको भुअ कर ५ करोड १३ लाख ५२ हजार नौसय ९६ गरि ४५ करोड २८ लाख २ हजार नौसय ९६ रुपैया लागतमा भुअ करमा नेपाल सरकारले छुट गरेको छ ।जुम्ला जिल्लाको सदरमुखाम खलङ्गा बजार अर्थात चन्दननाथ नगरपालिकामा करिव ३० हजार मानिसहरुको बसोवास गर्ने स्थान हो । यस क्षेत्रमा वि.सं २०३८ सालमा तत्कालिन राजा विरेन्द्र बिरबिक्रम शाहका पालामा यस क्षेत्रका वासिन्दाहरुको उज्यालो जुम्लाको लागी २०० किलाे वाट घुघुत्ति लघु जलबिद्युत आयोजना.निर्माण गरी उपभोक्ताहरु मार्फत सन्चालनमा आएको थियो ।उक्त क्षेत्रको बढदे जनसंख्याका कारण विस्तारै आयोजनाको बिद्युत अपुग भएकाले नेपाल बिद्युत प्राधिकरण वितरण शाखा जुम्लालाई मिति २०७६ सालमा हस्तातरण गरिएको थियो । नेपाल बिद्युत प्राधिकरणलाई पनि बिद्युत सेवा विस्तारमा कठिनाई भएपश्चात सुर्खेत जुम्ला ११ हजार लाईन विस्तार गरेपनि तर उक्त लाईनमा समेत भोल्टेज राम्रो नहुँदा उक्त क्षेत्रको बिद्युत सेवा अपुरै रहेको थियो । अहिले चुकेनी आउदा प्राधिकरणले जुम्लाका सवै क्षेत्रमा विधुत पुर्याईरहेको छ ।विकट अँध्यारो बस्ती गढीगाउँले सिङ्गो जुम्लालाई उज्यालो उपहार मात्र दिएको छैन, यसले समग्र पातारासीकै परिभाषा बदलिदिएको छ।यसले अविकासको भोटेताल्चा फोडेर विकासको ढोका खोलिदिएको छ। गाउँहरू झरो, टुकी र टुकीमाराको सहारामा अँध्यारोसँग जुध्न बाध्य थिए।त्यो हट्याे।





