तिजलाई महिलाहरूकाे क्षमता विकासमा जाेड दिनुपर्छ : उपसभामुख न्याैपाने

गाेल्डेन बुढा
जुम्ला,१० भदौ।
कर्णाली प्रदेशसभाका उपसभामुख यसाेधा न्याैपानेले तिजलाई महिलाहरूकाे क्षमता प्रदर्शन र विकासकाे रूपमा लिनुपर्ने बताइन्। जुम्लामा तिज बिशेषकाे रूपमा आयाेजना गरिएकाे देउडा प्रतियाेगितामा उपसभामुख न्याैपनेले तिजलाई महिलाहरूकाे प्रतिभाकाे क्षमता विकासका रूपमा लिन आवश्यक बताइन्। स्थानीय सरकारले यसमा जाेड दिन आवश्यक जरुरी छ।उपसभामुख न्याैपानेले दानसाँघु क्षेत्रलाई धार्मिक पर्यटनकाे हिसावले बिस्तार गर्न आवश्यक रहेकाे बताउदै यसकाे प्रथामिकता दिने प्रतिवद्वता जनाइन्। दरको नाउमा मैना दिन अघि देखी ठूूलो धनरासी खर्च गरेर होटलहरुमा कार्यक्रम गर्ने महङ्गा महङ्गा गहना कपडाहरु लगाएर प्रदर्शन गर्ने चलनलाई न्युनिकरण गर्नुपर्नेमा जाेड दिइन्।

ठूूला ठूूला होटलहरुमा दर खाने कार्यक्रमको आयोजना गर्ने, स्पिकर बजाएर नाच्ने चलनले कतै तिज पर्वको महत्व नै विस्तारै हराउँदै जाने त हैन भन्ने चिन्ता बढ्न थालेको छ।यसले गरिब र धनीकाे वर्ग छुट्टयाइएको देखिन्छ,यो राम्रो होइन।जुम्लाकाे चन्दननाथ नगरपालिका- १ नम्बर वडाले हरितालिका तिजकाे अवसरमा दानसाँघु त्रिवेणीमा आयाेजना गरिएकाे देउडा प्रतियाेगितामा चर्चित देउडा गायक बिपना सिंह र जुम्लाका देउडा गायक धिरज जैसीबिच दिनभर देउडा प्रतियाेगिता भएकाे थियोे।दानसाँघुमा आयाेजना गरिएकाे प्रतियाेगिता समितिका अध्यक्ष तथा वडाध्यक्ष तिलक प्रसाद न्याैपानेले खस सभ्यताकाे जगेर्ना गर्न तथा तिजलाई प्रतिभाकाे रूपमा पहिचान गर्न प्रतियाेगिताकाे आयाेजना गरिएकाे बताए।
यसैगरी जुम्लाकाे टुडिखेलमा सयाै महिलाहरू जम्मा भएर नाचगान गरि तिज मनाईएकाेछ । उपसभामुख न्याैपानेले टुडिखेलमा भईरहेकाे तिजकाे अवलाेकन समेत गरेकी थिइन्।यस्तै जुम्लाका ८ वटै स्थानीय तह र ६० वडामा तिज मनाइएको छ।






