रजत जयन्तीमा प्रधानमन्त्री, सञ्चार मन्त्री, मुख्यमन्त्री र पत्रकार महासंघको शुभकामना

सुर्खेत, ४ जेष्ठ ।
सुर्खेत र कोहलपुरबाट प्रकाशित हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिक २५ औं रजत जयन्तीका अवसरमा विभिन्न व्यक्तिहरुबाट शुभकामना सन्देश व्यक्तगरिएको छ । प्रधानमन्त्री केपि शर्मा ओली, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु बहादुर शर्माले शुभकामना सन्देश पठाएका छन् र

प्रधानमन्त्री केपि शर्मा ओलीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले युगआह्वान दैनिकलाई शुभकामना व्यक्त गरेका छन् । पत्रिकाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती २०८२ को अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सुर्खेतबाट प्रकाशित भइरहेकको युगआह्वान राष्ट्रिय दैनिकले आफ्नो स्थापनाको २५ औं बार्षिकोत्सव तथा रजत जयन्ती को अवसरमा विशेषाङ्क प्रकाशन गरेकोमा खुसी लागेको बताएका छन् । उनले भनेका छन्, ‘यस सुखद अवसरमा यसकका व्यवस्थापक, पत्रकार तथा सम्वद्ध सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

अहिलेको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ । शुभकामनामा भनिएको छ,‘त्यसैले प्रेस स्वतन्त्रताप्रतिको हाम्रो निष्ठा व्यवहारसिद्ध छ । समाजको महत्वपूर्ण अंगको भूमिका पाएको जगतले राष्ट्रियता, लोकतन्त्र, शुशासन, विकासलाई सहयोग पुग्नेगरी भूमिका खेल्न सक्नु पर्दछ ।’

दुनियाँ नवीन प्रविधिको प्रयोग र विकास गर्दै अघि बढिरहेको अवस्थामा विश्वनै सूचना र प्रविधिको प्रयोगमा अग्रसर भएको अवस्थामा नेपाल पनि पछिल्लो समय सूचना र प्रविधिको प्रयोगमा फड्को मारिरहेको शुभकामना संन्देशमा भनिएको छ ।

यस अवसरमा युगआह्वान दैनिकले आगामि दिनमा विकास र समाज रुपान्तरणका लागि जनचेतना अभिवृद्धि गर्दै समुद्ध नेपाल, खुशी नेपालीको गन्तव्यमा आफूलाई अग्रसर गर्नेछ भन्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताएका छन् । पत्रिकाले आफूलाई समयसापेक्ष रुपमा प्रविधिमा रुपान्तरित गर्दै नागरिकलाई सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्न अझै क्रियाशील हुन सकोस् भन्ने कामना गरेका छन् ।

सञ्चार मन्त्री पृथ्वीसुव्वा गुरुङको शुभकामना
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले युगआ≈वान दैनिकलाई शुभकामना व्यक्त गरेका छन् । पत्रिकाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती २०८२ को अवसरमा गुरुङले शुभकामना दिएका हुन् । सुर्खेतबाट प्रकाशित भइरहेकको युगआह्वान राष्ट्रिय दैनिकले आफ्नो स्थापनाको २५ औं बार्षिकोत्सव मनाउन लागेको खबर सुनेर खुसी लागेको बताएका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘देशको राजधानी बाहिरबाट ब्रोडसिट आकारको दैनिक पत्रिका प्रकाहन आफ्ैमा चुनौतीपूर्ण कार्य हो । त्योभन्दा चुनौर्तीपूर्ण निरन्तरता हो । यि दुवैमा पत्रिकालले आफूलाई सफल तुल्याएको छ । त्यसका लागि पत्रिका प्रकाशक, सम्पादन, र पत्रकार साथीहरुसहित सबैलाई बधाई ज्ञापन गर्दछु ।’

साथै सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले समृध्दि र विकासमा पछि पारिएको कर्णाली प्रदेशका बासिन्दाको सूचनाको हकलाई प्रत्याभूत गर्नेदेखि सामाजिक र आर्थिक उन्नतीका लागि पनि पत्रकारिताका माध्यमबाट यो पत्रिकाले धेरै योगदान गर्दै जान सकोस् भन्ने शुभकामना दिएका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलको शुभकामना
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले युगआह्वान दैनिकलाई शुभकामना व्यक्त गरेका छन् । उनले पत्रिकाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती २०८२ को अवसरमा शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री क“डेलले यस ऐतिहाँसिक अवसरमा सम्पूर्ण सञ्चारकर्मी, प्रकाशक, सम्पादक, लेखक, पाठक र समस्त शुभेच्छु महानुभावहरुमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् ।

शुभकामना सन्देशमा उनले सुर्खेतबाट प्रकाशित भइरहेको युगआह्वान राष्ट्रिय दैनिकले समसामयिक विषयमा विवेचित दृष्टिकोण र सामाजिक उत्तरदायित्वलाई समेट्दै नागरिक समाजमा चेतना फैलाउँने, संवाद सिर्जना गर्ने र सूचनाको सेतुको रुपमा काम गर्दै आएको उल्लेख गरेका छन् । पत्रिकाकाको आगामी यात्रा अझ सशक्त, निष्पक्ष र जनउत्तरदायित्वमा आधारित पत्रकारिताको अभ्यासमा निरन्तरता रहोस् भन्ने कामना मुख्यमन्त्री कँडेलले गरेका छन् ।

पत्रकार महासंघका महासचिवको शुभकामना सन्देश
नेपाल पत्रकार महासंघले युगआह्वान दैनिकलाई शुभकामना व्यक्त गरेका छन् । पत्रिकाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती २०८२ को अवसरमा महासंघले शुभकामना दिएको हो ।

सुर्खेतबाट प्रकाशित भइरहेकको युगआह्वान राष्ट्रिय दैनिकले २४ वर्ष सफलतापूर्वक पुरा गरी २५ औं वर्षमा प्रवेश गरेकोप्रति महकासंघले खुसी प्रकट गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरीत शुभकामना संन्देशमा यस अवसरमा सम्पादकीय नेतृत्वलगायत सम्बन्धित सम्पूर्ण संञ्चारकर्मी मित्रहरुमा बधाई भनिएको छ ।

नेपाली पत्रकारिता क्षेत्र चौतर्फी अभाव र चुनौतीलाई सामना गर्दै व्यावसायिक सफलताका लागि अघि बढिरहेको छ । शुभकामना सन्देशमा भनिएको छ ,‘ यसका बाबजुत पनि स्थानीय सीमित स्रँेत र साधनको भरमा युगआह्वान दैनिकले प्रकाशनलाई निरन्तरता दिदै प्राप्त गरेको यो सफलता नेपाली पत्रकारिता क्षेत्रका लागि थप खुसीको कुरा हो ।’

 

Leave a comment

Your email address will not be published. Required fields are marked *