सहकारीमा डुब्यो आठबिसकोट नगरपालिकाको १ करोड ७२ लाख, असुलीका लागि कडा दबाब

सुर्खेत ,२८ जेष्ठ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ मा अवस्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारको लगानी डुबेपछि असुली प्रक्रिया तीव्र बनाइएको छ। नगरपालिकाले विभिन्न उद्देश्यका लागि कूल १ करोड ७२ लाख ५ हजार रुपैयाँ कर्जा उपलब्ध गराएको थियो, जुन अहिलेसम्म फिर्ता हुन सकेको छैन।

नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक धनकुमारी शाहीका अनुसार सहकारीमार्फत शैक्षिक कर्जाका लागि १ करोड, घरेलु तथा साना उद्योगका लागि ३८ लाख ४० हजार, र विपन्न नागरिकका लागि शेयर खरिदमा ३३ लाख ६५ हजार रुपैयाँ दिइएको थियो। विपन्न वर्गका ६७३ जनालाई प्रति व्यक्ति ५० कित्ता शेयर दिनका लागि सहकारीले उक्त कर्जा लिएको थियो।

तर, सहकारीले कर्जा असुल गर्न नगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि अटेरी गरेको छ। गत माघ २३ गते न्यायिक समितिले एक महिनाभित्र कर्जा फिर्ता गर्न पत्राचार गरे पनि सहकारीले चासो नदेखाएको उपप्रमुख शाहीले जानकारी दिनुभयो। अन्ततः, न्यायिक समितिले साँवा, ब्याज र जरिवानासहित सात दिनभित्र रकम बुझाउन पुनः ताकेता गरेको छ।

नगरपालिकाको छानबिन समितिले समेत सहकारीले कर्जा मात्र होइन, केही बचतकर्ताका रकम पनि फिर्ता नगरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरिसकेको छ। छानबिन समिति वडा नं. १ का अध्यक्ष देवबहादुर घर्तीको संयोजकत्वमा गठन गरिएको थियो।

सबैभन्दा ठूलो कर्जा दुई युवालाई पाइलट अध्ययनका लागि दिइएको १ करोड रुपैयाँ र कर्णाली बेभरेज सञ्चालनका लागि दिइएको २६ लाख अझै असुल हुन सकेको छैन।

सहकारी संस्था २०७४ चैत १८ गते दर्ता (दर्ता नं. ४३) भई सुरुमा १०१ जना सेयर सदस्य रहेकोमा हाल ९५६ जना सेयर सदस्य पुगेका छन्। तर, सहकारी हाल बन्द अवस्थामा छ।

नगरपालिकाले अन्तिम ताकेता पछाडि पनि सहकारीले रकम नफिर्ता गरेमा कानुनी कारबाही अघि बढाइने स्पष्ट चेतावनी दिएको छ।

 

सहकारीमा डुब्यो आठबिसकोट नगरपालिकाको १ करोड ७२ लाख, असुलीका लागि कडा दबाब

भेरी नदीमा २७० मेगावाट क्षमताको जलविद्युत आयोजना

सहकारीमा डुब्यो आठबिसकोट नगरपालिकाको १ करोड ७२ लाख, असुलीका लागि कडा दबाब

व्यक्तित्व चर्चा : समाजसेवी ज्योतिषी हुन हस्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *