व्यक्तित्व चर्चा : समाजसेवी ज्योतिषी हुन हस्ती शाही

पृथ्वी बहादुर सिंह
वुवा मान वहादुर शाही, आमा मनकुमारी शाही कि पा“च भाई चार बहिनी मध्य शाही“ली छोरी ताम्ती गाउँ गाउँपञ्चायत वडा नं. ९ हालको तातापानी गा.पा. ताम्ती गाउँ जुम्लामा २०१२ साल मंसिर ४ गते सोमवारमा मध्यम परिवारमा हस्ती शाही शाह जन्मेकी थिइन । माथी जुम्ला तल जाजरकोटको गुर्खाकोट दुवै स्थानमा घर भएकोले बर्षामाथी हिउँद तल १३०० भेडाबाख्रा ७५ घोडा वथान हेर्न ४ वटा हेराला पनि राखेका थिए । १० बर्षको उमेर हुँदा सरस्वती प्रा. वि. जाजरकोट भर्ना भै त्यही विद्यालयबाट पाँच कक्षा उत्तिर्ण गरेकि थिइन ।

वुवाले भाई भेँडा, बाख्रा, घोडामाथी स्वशाषित तिब्वत तल नेपालका कर्णाली, लुम्बिनि प्रदेशसम्म व्यापार नुन, उन समेत बोकाउने गर्दथे । विद्यालयको अध्ययनपछी पशुपालन खेतीपाती घर व्याभार सघाउने कार्यमा कहिले जुम्ला कहिले तल गुर्भाकोट गर्ने गर्थिन । ससुरा जल्धर शाहसासु हरिसुधाका ६ भाई एक बहिनी मध्ये कान्छा छोरा तत्कालिन गर्खाकोट गाउँ पञ्चायत वडा नं.५ बा“झकोट हाल हाल जुनिचाँदे गा.पा.–५ गर्खाकोट बाँझकोट जाजरकोटका दलवहादुर शाहसंग २०३१ साल फाल्गुन १७ गते प्रेम विवाह गरेकि थिइन ।

वैवाहिक जीवनपछी खेतीपाती पशुपालन गुजरामुखी दैनिकी कार्य गर्दै छोराछोरी जन्मेपछी हुकार्उन पढाउन थालेकि थिइन । विवाहपछी मस्ट देवताको धामी हुन पुगी गाउँघरका मानिसहरुको लागो–दोखालो हेर्न थालेकी हुन । साथ–साथै बुवा ज्योतिष भएकोले ज्योतिष विद्या पनि आर्जन गरेकी थिईन । गर्खाकोट भेगका मानिसहरु ग्रहदशा हेर्ने, कोर्ने क्रिया पनि गरे कि थिइन । पञ्चायत कालमा महिला संगठनका कोषाध्यक्ष ५ बर्ष सेवा गरिन । वहुदलिय प्रजातन्त्र पुनः प्राप्त २०४६ सालपछी मासिक रु.१७५।– मा हे.पो. गर्खाकोट मा २०५२ देखी २०६३ सम्म स्वयमसेविकाको र २०४९ मा सेवा गरी स्वईच्छाले राजिनामा गरिन । २०५४ को निर्वाचनमा नेपाली काँग्रेस वडा सदस्य निर्वाचित भएर दुवै तर्फको जनसेवा गेरकी थिइन् । २०५५ सालमा एमाले पार्टीबाट वडा सदस्य निर्वाचित जाजरकोट जिल्ला परिषदबाट जिल्ला सदस्य निर्वाचित भै २०५८ सम्म जनसेवा गरेकी थिइन ।

श्रीमान दलबहादुर शाह शिवपुरी मा.वि. गर्खाकोट सियालामा १८ वर्ष शिक्षक हुँदा पञ्चायतका पन्चको पुजा नगरेको प्रतिशोध कारण प्रहरी रिपोर्टमा स्थायी हुने समयमा पनि नगरी उल्टै जिल्लाको पूर्व बारेकोट गा.पा. डल्ली प्रा.वि. मा सरुवा गरेपछी राजिनामा गर्नुभएको हो । त्यसपछी हे.पा. गर्खाकोटमा जुनीयर अ.हे.व नियुक्ति मै कार्य गरी ६ महिनापछी गर्नु भएको थियो । २०४६ वहुदली प्रजातन्त्र प्राप्तपछि २०४९ को स्थानीय निर्वाचनमा गा.वि.स. गर्खाकोट को नेपाली काग्रेसको तर्फबाट उपाध्यक्ष पदमा उमेदवार उठेर १८ भोटबाट हस्ती पराजित भएकी थिइन ।

उहाँको ६ छोरो मध्य दिपक शाह दियालो बैक जुम्लाका मेनेजर, साइला विनोद शाह, बालकुमारी मा.वि. छेडागाड न.पा., नि.मा.वि. झाप्रा शिक्षक, तिर्थ राज शाह, शिवपुरी मा.वि., गर्खाकोट मा.वि. स्थायी शिक्षक, ठाइला नेपाली सेना अधिकृत, ठुलो कान्छा नेपाल टेलिकम सुर्खेतमा कार्यरत अधिकृत रहेका छन् । ठुलो छोरा को जेठो नाती शौरव शाह फ्रान्स, जेठी छोरी कि छोरी नातिनि क्यानडा अध्ययनका शिलशिला गएका छन् । हाल दुवै श्रीमान–श्रीमती वी.न.पा.–१२ सुर्खेत को हरियाली चोक नजिक आफ्नै घरमा माइला छोरा विनोद शाह बुहारीसंगवसी अहिले पनि धामी ज्योतिष हेर्न आउने मानिसहरुको हेराई कोराई गर्न व्यस्त जिवन बिताई रहेकी छन् । सुस्त मनस्थितिको काइलो छोरा समेत साथमै रहेका छन् ।

निरंकुश एकदलीय पञ्चायतकालमा शासन सत्ताको कतै विरोध गर्ने पाइदैन्थ्यो । छोरी पढाउने सामाजिक अनेक बन्धनहरु थिए । जताततै अन्ध आध्यात्मवादले ढपक्कै ढाकेको थियो । वहुदलिए प्रजातन्त्र पुनःप्राप्ती पछी शिक्षा अध्ययन र जागिरमा राजनीति महिलाहरुको पनि पहुँच हुन थाल्यो । सत्ताबसी भ्रष्टाचार व्यभिचार गर्नेहरुलाई पनि सञ्चार खुल्ला भएकोले बाहिर आउने कारवाही हुन थाल्यो । सत्तामाबसी भ्रष्टाचार व्यभिचार गर्नुलाई पनि सञ्चार खुल्ला भएकोले बाहिर आउने कारवाही हुन थाल्यो । १० बर्षे जनयुद्ध हुँदा षडयन्त्र पूर्वक संबैधानिक राजा विरेन्द्रको नाराहिटी राजदरवारमा सपरिवार हत्या हुँदा दोस्रो सँयुक्त जन आन्दोलन सफल भएर संविधान सभाबाट राजसंस्था नै बहुमत संसदबाट अन्त्य भएर संघीय लोकतान्त्रीक गणतन्त्र घोष्णा भयो ।

विद्यादेवी भण्डारी प्रथम महिला राष्ट्रपती समेत बन्न पुगिन । गाउँगाउमा सडक खानेपानी विद्युत पुग्न थालेको छ । महिला पुरुष सम्मान रुपले अध्ययन गर्न पाउँदा घरघरमा आइए, विए, एमए अध्ययन गरेको पाइन्छन । खुल्ला संचारले सचेतना पनि बढदै छ । राज्य दोहोन गर्नेहरु सामान्ती संस्कार पालेकाहरु कारवाहीमा पर्दै गएका छन् । केहि भएको छैन भन्ने प्रतिगामी आवाज उठे पनि केहि त भएको छ । जति हुनु पर्ने हो । त्यति भएको छैन ।

जुन सुकै मुलुक प्रजातन्त्र प्राप्तपछी एकैचोटी प्रजातान्त्रिकरण सफलताको चुलीमा पुग्दैन । त्यस्तै लामो समय सामान्ती राज्य व्यवस्थामा रहेको समाज नेता कर्मचारी छिट्टै सामान्ती संस्कार छोडन सक्दैनन व्यवसायमा रहेको समाज नेता, कर्मचारी छिट्टै सामान्ती संस्कार छोडन सक्दैन । विस्तारै चेतना बढ्दै जान्छ विकृती हटदै संबिधान पनि संशोधन हुँदै जान्छ । आज जो सत्ताको नौ महिने एक वर्षे सत्ता लोभ कमाउ धन्दा भैरहेको छ । यो विकृती हटाउन अर्को निर्वाचनसम्म एकल वा दुई त्यो भन्दा बढी पार्टी मिलेर सरकार बनाउने परिपाटी अन्त्य गर्न प्रधानमन्त्री हो वा राष्ट्रपती को प्रत्येक्ष जनमतबाट निर्वाचित भएर पाँच बर्ष सरकार चलाउन संविधान शंशोधन गर्न जरुरी भै रहेको छ भनि दुर सन्देश पनि दिएकी छिन । सबै जनमा चेतना भया ।

व्यक्तित्व चर्चा : समाजसेवी ज्योतिषी हुन हस्ती शाही

सहकारीमा डुब्यो आठबिसकोट नगरपालिकाको १ करोड ७२

व्यक्तित्व चर्चा : समाजसेवी ज्योतिषी हुन हस्ती शाही

सुनचाँदी व्यवसायमा कर खारेजीको माग गर्दै बर्दियाका

Leave a comment

Your email address will not be published. Required fields are marked *