हिमानी ट्रष्टकाे बर्थिङ सेन्टर बन्दै दुर्गम गाउँमा

गाेल्डेन बुढा

जुम्ला,२६ जेेेष्ठ ।
हिमानी ट्रष्टले जुम्लाको दुर्गम गाउँमा बर्थिङ सेन्टर निर्माण हुन लागेको छ। गुठीचौर गाउँपालिका-१ मा अवस्थित मणिसाँघुमा बर्थिङ सेन्टर बन्ने भएको हो । दुर्गमका महिलालाई सुत्केरी गराउन कठिन भइरहेको अवस्थालाई मध्यनजर गर्दै बर्थिङ सेन्टर निर्माण हुने ट्रष्टले जनाएको छ ।पूर्वयुवराज्ञी हिमानी शाह आफैले पुगेर आइतबार बर्थिङ सेन्टरको शिलान्यास गरेकी थिइन् ।साथमा छोरा हृदयन्द्र पनि सहभागी थिए।

सेन्टरको उनीहरु शनिबार नै जुम्ला आएका थिए । जुम्ला सदरमुकाम खलंगादेखि झन्डै दुई घण्टाको गाडीयात्रा गरेर उनीहरु मणिसाँघु पुगेका थिए ।राप्रपाका प्रमुख सचेतक तथा संघीय सांसद ज्ञानेन्द्र शाहीले हिमानी ट्रष्टले गरेको काम प्रशंसनीय रहेको बताए । उनले भने, ‘अस्पतालसम्म जान नसकेर कुनै पनि आमा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था आउनेछैन । सुरक्षित सुत्केरी गराउन यो बर्थिङ सेन्टर उदाहरण बन्नेछ ।’यता गुठिचौर गाउँपालिका १ का वडाध्यक्ष अर्जुनकुमार महाताराले एक करोड ५० लाख रुपैयाँको लागतमा आवाससहितको बर्थिङ सेन्टरको शिलान्यास भएको बताए । उनका अनुसार यहाँ दुईवटा भवन बन्नेछन् । ६ महिनाभित्र बर्थिङ सेन्टर निर्माणको काम सकिएर सेवा प्रारम्भ हुने छ।सेन्टरबाट गुठीचौर-१ र २ वडाका ९ वटा बस्ती सेवाबाट लाभान्वित हुनेछन् ।’गाउँमा भरपर्दो स्वास्थ्य सेवा नपाउदा कैयौं गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । केही त अस्पताल लैजाँदा बाटोमै सुत्केरी भइरहेको भेटिन्छन्,’ वडाध्यक्ष महाताराले भने, ‘अब बर्थिङ सेन्टरमै सुरक्षित रुपमा सुत्केरी गराउने वातावरण बनेको छ ।

यो दुर्गममा हाम्रा लागि निकै खुसीको कुरा पनि हो ।’यस्तै गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थामा गरेको सहयोग स्वागतयोग्य भएको बताए । उनले भने, ‘दुर्गममा गर्भवती र सुत्केरीको अवस्था निकै जटिल छ । अब बर्थिङ सेन्टर बनेपछि ढुक्कसँग सुत्केरी आमा र बच्चाको अवस्था सुरक्षित हुनेछ ।

’बर्थिङ सेन्टर निर्माणका लागि गुठीचौर-१ का स्थानीय लेखक महताराले नि:शुल्क जग्गादान गरेका छन् । उनलाई शाहले दोसल्ला ओढाई कदरपत्रले सम्मान गरिएकाे छ।तीन वर्षअघि ट्रष्टले गुठीचौर-१ वडाको चोत्रागाउँमा रहेको हिमाली रम्भा आवासीय विद्यालयमा लत्ताकपडा सहयोग गरेको थियो ।

हिमानी ट्रष्टकाे बर्थिङ सेन्टर बन्दै दुर्गम गाउँमा

सिँचाइ र निर्माण कार्यका क्रममा बर्दियामा करेन्ट

हिमानी ट्रष्टकाे बर्थिङ सेन्टर बन्दै दुर्गम गाउँमा

उत्कृष्ट ३ कृषक पुरस्कृत

Leave a comment

Your email address will not be published. Required fields are marked *