उत्कृष्ट ३ कृषक पुरस्कृत

गाेल्डेन बुढा

जुम्ला,२६ २०८२

मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट जुम्लाका तीन जना कृषक पुरस्कृत भएका छन्।पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारका लागि ९ जना छनाेटमा परेका थिए। जुम्लाकाे एक चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिका कृषकहरुका निवेदन परेका थिए।उनिहरु मध्ये तीन जना कृषक उत्कृष्टमा परेको अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।

जुम्लाको गुठिचाैर गाउँपालिका -१ का कृषि तथा पशुपालन उद्योगका सन्तोष बस्नेत, यस्तै उक्त गाउँपालिका -४ का पाण्डे पशुपालन उद्योगकी रीता पाण्डे र चन्दननाथ नगरपालिका -३ असल कृषि तथा पशुपन्छी पालन उद्योगकी सन्तकली भण्डारीले उत्कृष्ट मुख्यमन्त्री कृषक पुरस्कार पाएका हुन्।व्यवसायिक रूपमै पेसामा लागेका किसानहरुका लागि यो पुरस्कार अवसरमा रूपमा लिइएको छ। सन्तोष बस्नेतले ३० हजार रुपैयाँ,रीता पाण्डे२५ र सन्तकली भण्डारीले २० हजार रूपैयाँ र प्रमाणपत्र पाए । सन्तोष बाख्रापालनमा उत्कृष्ट बनेका छन ।

प्रमुख ज्ञानेन्द्रसिंहका अनुसार भेडाको हकमा ५० माथि पालेको हुनुपर्छ ।भने गाई भैंसीको हकमा १० माथि दुहुनो पालेको हुनुपर्छ। एक वर्ष पुरस्कृत भइसकेका कृषकलाई फेरि अवसर पाउदैनन्।उनका ४ सय भेडाबाख्रा छन । यो पुरस्कारले मेहनतको कदर भएको अनुभुती बताए।उनलेेभने , ‘आगामी दिनमा अझैं व्यवसायिक बन्न प्रेरणा मिलेको छ ।’ रीता पाण्डले १२ वटा भैंसी पालेकी छन । भैंसीपालनबाट राम्रो आम्दानी गरेकी रीताले व्यवसाय विस्तार गर्ने योजना गरेको बताइन ।सन्तकलीका २ सय भेडा छन । भेडापालनबाटै गुजारा चलेको बताइन्।, ‘अब भेडापालन गुजारामुखी मात्र हुन सक्दैन् । व्यवसायिक रूपमा पालेर रोजगारमुखी बनाउने कसरत गरिरहेको अवस्था छ ।’यता पशु विकास अधिकृत केुसीले मापदण्डका आधारमा तीन जना किसान मात्र पुरस्कृत भएकाे बताए।अरुको पनि मेहनत र लगाब लोभलाग्दो देखिएको छ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कृषकको परिश्रम र मेहनतले सामाज जिवित रहेकोे बताए। किसानले उत्पादन नगरे भोकमरीकाे अवस्था सृजना हुन्छ, ‘किसानको ठुलो महत्व छ । किसानलाई सम्मान र अवसर दुबै दिन जरूरी छ ।पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको बताए। ’कृषकलाई उत्साहित गराउनु मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको लक्ष्य हो।यो पुरस्कारले कृषकहरूकाे मनोबल उचो बनाउनेछ्।

उत्कृष्ट ३  कृषक पुरस्कृत

हिमानी ट्रष्टकाे बर्थिङ सेन्टर बन्दै दुर्गम गाउँमा

उत्कृष्ट ३  कृषक पुरस्कृत

मनसुनजन्य विपदमा सर्वाधिक जोखिममा लुम्बिनी प्रदेश, १०

Leave a comment

Your email address will not be published. Required fields are marked *