सिँचाइ र निर्माण कार्यका क्रममा बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

२५, जेष्ठ २०८२

बाँके ।बर्दियामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजंग शाह र गुलरिया नगरपालिका–१२ भैसाहीका २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर ज्यान गएको हो।

शाह आइतबार बिहान सवा ७ बजेतिर घरनजिकै रहेको आफ्नै खेतमा मोटरद्वारा धानको बीउमा पानी सिँचाइ गरिरहेका बेला अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै कोहलपुर मेडिकल कलेज पुर्‍याइएको भए पनि उपचारकै क्रममा बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी, शनिबार साँझ गुलरिया नगरपालिका–१२ का वीरेन्द्र थारु बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा रहेको भीमबहादुर दर्जीको घर निर्माणको क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। रड सिधा गर्ने क्रममा बिजुलीको तारमा छोएकाले थारुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिनुभयो। घाइते थारुलाई तत्काल बर्दिया अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।

यी घटनाले सुरक्षित रूपमा विद्युतीय उपकरणको प्रयोग गर्नुपर्ने र निर्माण तथा कृषिकर्मका बेला पर्याप्त सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

सिँचाइ र निर्माण कार्यका क्रममा बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

नेपालगन्ज नाकामा एन्टिजेन किट अभाव : हेल्थ

सिँचाइ र निर्माण कार्यका क्रममा बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

हिमानी ट्रष्टकाे बर्थिङ सेन्टर बन्दै दुर्गम गाउँमा

Leave a comment

Your email address will not be published. Required fields are marked *