सिंजामा अपाङ्गता र अभिभावक बिहिन वालवालिकाको अध्ययन गर्न वाल गृह सञ्चालन

गाेल्डेन बुढा

जुम्ला,२०  असार।
जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयको पहुँमा पुग्न नसकेका अपाङ्गता भएका वालवालिकाको अध्ययनको लागि भन्दै वाल गृह सञ्चालनमा ल्याएको छ ।गाउँपालिकाकाे आर्थिक सहयोगमा आर्थिक अभावले पढ्न नपाएका तथा आमा वा वुवा नभएका वालवालिकालाई अध्ययन गर्नका लागि वालगृह तथा स्याहार केन्द्र शुरु गरेको छ।

सिंजा गाउँपालिका-३ मा अवस्थित फुटासिल आधारभुत विद्यालयमा अध्ययन, अध्यापन गराउने उद्देश्य छ।उक्त गाउँपालिकाले स्थानीय संस्था अपाङ्गता शशक्तिकरण केन्द्रलाई बालगृहको व्यवस्थापनको जिम्मा दिईएको छ। वाल गृहको उद्घाटन गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपायक्ष सितली रोकायाले गरेका थिए।

गाउँपालिकाले पहिलो चरणमा घरमा आर्थिक अवस्था कमजोर भएका शारिरिक अपांगता भएका वालवालिका र आमा वा वुवा नभएका १५ जना विपन्न बालवालिका वालगृहमा भर्ना भई आवासीय सुविधा लिई विद्यालयमा अध्ययन शुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले घरमा अध्ययन गर्नै कठिन हुने ति वालवालिकाको लागि आवास सुविधा सहितको गृह संचालनमा ल्याईएको बताए। उनलेे,भने यो काम सामाजिक क्षेत्रको उत्कृष्ट काम भएकाले वालवालिकाहरुको आवासीय सुविधा सहित अध्ययन हुने भएको छ ।

गाउँपालिकाले ति वालवालिकालाई हाईस्कुल शिक्षा सम्म आवास सुविधा दिन सक्नेछ । उनिहरुलाई अध्ययनका लागि भने आवासगृह नजिक भएको फुटासिल आधारभुत विद्यालय हुनेछ। विद्याललय वाहिर रहेका, अध्ययन गर्न नपाएका वालवालिकाहरु यो आवासीय गृहमा आई अध्ययनमा सजिलो हुने देखिन्छ । तर,यस कार्यका लागि स्थानीय सरकार र सरोकारवालाको प्रथामिकता हुन आवश्यक छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपानेले अपाङ्गता भएका वालवालिकाको शिक्षामा ग्यारेन्टी गर्ने उद्देश्यका साथ यो वालगृह निकै महत्वपूर्ण रहेको बताए। यो गाउँपालिकाकाे स्वागतयोग्य कार्य हो।यस्तै जुम्लाको हिमा गाउँपालिकाले यो भन्दा पहिला हिमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । त्यहाँ झण्डै ५० भन्दा बढि वालवालिकाहरु आवासीय सुविधा लिई विद्यालय अध्ययन गरिरहेका छन् ।

सिंजामा अपाङ्गता र अभिभावक बिहिन वालवालिकाको अध्ययन गर्न वाल गृह सञ्चालन

बर्षाले दिलायो राहत, बाँकेमा रोपाइँ ४४ प्रतिशत

सिंजामा अपाङ्गता र अभिभावक बिहिन वालवालिकाको अध्ययन गर्न वाल गृह सञ्चालन

आठौ जिल्ला सभा:स्थानीय तहले नदिजन्य तथा खनिज

Leave a comment

Your email address will not be published. Required fields are marked *