आठौ जिल्ला सभा:स्थानीय तहले नदिजन्य तथा खनिज पदार्थ उत्खनन संकलनको कानून बनाउने

गाेल्डेन बुढा

जुम्ला,२१ असार।

जुम्लाको आठौ जिल्ला सभा विभिन्न निर्णय गरि सकिएको छ।सभाले नदिजन्य पदार्थ, खनिज उत्खनन तथा संलनका लागि प्रक्रियामा जाने निर्णय गरेको हो। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार ११ वटा निर्णय गर्दै जिल्ला सभा सकिएको हो।निर्णयमा जिल्ला समन्वय समितिबाट हुने अनुगमन कार्यलाई सघन वनाउन पहल गर्ने, जिल्लाका विभिन्न नाकामा पर्यटन जानकारी वोर्ड निर्माण गर्ने,स्थान र संख्या समन्वय समितिमा प्रस्ताव गरि गाउँपालिकाहरुमा पठाउने,चालु आय व्यय अनुमोदन एंव आगामी आर्थिक बर्षको प्रस्तावित आय व्याय अनुमोदन पारित गर्ने निर्णय गरिएको छ।

यस्तै निर्माणधिन जिल्ला समन्वय समितिको बहु उदेश्यीय भवनको निर्माण कार्यमा समन्वय र सहयोग गर्ने निर्णय पनि गरिएको छ।यस्तै सूचना तथा संचार नीति तर्जुमा गरि सूचना बिज्ञापन वैज्ञानिक बाडफाड प्रस्ताव गरि पठाउने र सातौ जिल्ला सभाका निर्यणहरु कार्यान्वयनको समिक्षा गर्दै कार्यान्वयन गर्न आवश्यक र बाँकी निर्णय प्रभावकारी रुपमा कार्यान्वय गर्ने, सहिद तथा घाइते आपांग बेपत्ता परिवारले पाउनु पर्ने जीवन निर्वाह भत्ता चन्दन नाथ नगरपालिका र तातोपानी गाउँपालिकामा विविध कारणले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट निकासा हुन छुट भएकाले यथासिघ्र आवश्यक बजेट निकासा गरि सहयोग गरि दिनु हुन आन्तरिक तथा कानुन मन्त्रालयमा पत्राचार गर्ने, जुम्ला जिल्लामा उत्पादन हुने स्याउ भाद्र १० गते सम्म टिप्न निर्यात गर्न प्रतिबन्ध लगाउने र उक्त कार्यका लागि कृषि विकास कार्यालय, स्थानीय तह र सरोकारवाला सबै संघ सस्था सबैले आवस्यक प्रचार प्रसार तथा निर्णय कार्यान्वयनको व्यवस्थापन मिलाउने, गुठीचौर गाउँपालिका -२ अन्तर्गतको लाग्ना देखि हाका हुदै धौलीगाड वृहत खानेपानी योजनाको मुहान सम्मको पहुँच सडक निर्माण गरि खानेपानी योजना कार्यान्वयनमा योजनामा सहयोग गरि दिनु हुन् गुठिचौर गाउँपालिका लाई अनुरोध गर्ने निर्णय गरिएकाे छ ।

आठौ जिल्ला सभा:स्थानीय तहले नदिजन्य तथा खनिज पदार्थ उत्खनन संकलनको कानून बनाउने

सिंजामा अपाङ्गता र अभिभावक बिहिन वालवालिकाको अध्ययन

आठौ जिल्ला सभा:स्थानीय तहले नदिजन्य तथा खनिज पदार्थ उत्खनन संकलनको कानून बनाउने

वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि

Leave a comment

Your email address will not be published. Required fields are marked *